टर्कीमा विशेष सुरक्षा दस्ता विघटन गरिने

d168562dab0342119f3b8bf8066f738a_18

अङ्कारा, ९ साउन । गत हप्ता टर्कीमा भएको असफल सैनिक ‘कू’को प्रयासपछि टर्की राष्ट्रपतीय सुरक्षा दस्ता भङ्ग गरिएको समाचार छ ।

करिब दुई हजार पाँच सय सैनिकको सहभागीता रहेको सो दस्तालाई असफल सैनिक कू प्रयासमा सघाएको आरोप लागेको छ ।

सत्ता हत्याउने प्रयासमा लागेका आरोपमा सो दस्तामा करिब तीन सय सैनिक पक्राउ परेका छन ।

टर्कीका प्रधानमन्त्रीले करिब दुई हजार पाँच सय सैनिक रहेको सो दस्ताको आवश्यकता नरहेको एक टेलिभिजन च्यानलमार्फत बताउनुभएको छ ।

तेह्र वर्षदेखि सत्तामा रहनुभएका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ राष्ट्रपति विदामा रहेको बेला कू’ प्रयास भएको थियो ।

टर्कीमा अचानक भएको असफल सैनिक कूपछि लाखौँ मानिस कुनै न कुनै प्रकारले प्रभावित भएका छन् । विद्रोहमा सहभागी भएको आरोपमा हजारौँ मानिस पक्राउ परेका छन् भने हजारौंले जागिरबाट हात धुनुपरेको छ ।

सत्ता परिवर्तन गर्ने असफल प्रयासपछि टर्कीमा विभिन्न क्षेत्रमा कार्यरत रहेका १३ हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।

पछिल्लो अनुमानित तथ्याङ्कअनुसार यसघटनापछि पक्राउ र जागिरबाट हटाइएका व्यक्तिहरु लगभग ५० हजार पुगेका छन् ।

यस असफल कू प्रयासबाट १४५ सर्वसाधारण, ६० प्रहरी, तीन सेना र १०४ विद्रोही योजनाकार गरी ३१२ जना मारिएको टर्की सरकारले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री