काठमाडौँ, ७ साउन । प्रमुख तीन राजनीतिक शक्तिले व्यवस्थपिका–संसद्को आजको बैठकमा सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई अघि बढाउने निर्णय गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र र मधेस केन्द्रित दलका शीर्ष नेताहरुको आज बसेको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई एकजुट भएर पारित गर्ने सर्वसम्मतले निर्णय गरेको हो ।
यसबाहेक बैठकमा नयाँ सरकारको निर्वाचनमा पनि मधेस केन्द्रित दलले सघाउने र त्यसबीचमा मधेस मुद्दा समाधान गर्न समझदारी गर्ने निर्णय भएको बैठकमा सहभागी काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ सत्ता गठबन्धनका लागि काँग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिको एक नम्बर बुँदामा संविधानप्रति असन्तुष्ट मधेस केन्द्रितलगायत अन्य दलसँग वार्ता गरी समस्या समाधान गर्ने उल्लेख छ ।”
बिहीबार प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राख्नुभएको सहमतिको प्याकेजका सम्बन्धमा प्रधानमन्त्री ओली सहमत नदेखिएको भन्दै बैठक अविश्वासको प्रस्ताव अघि बढाउनेमा निर्णयमा पुगेको हो ।
बैठकमा तीनै पक्षबीच अविश्वासको प्रस्ताव अघि बढाउने सम्बन्धमा सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अविश्वासको प्रस्ताव पारित भएपछि बन्ने नयाँ सरकारका बारेमा समेत शीर्ष नेताबीच छलफल भएको उहाँले बताउनुभयो ।
बैठकमा काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता पौडेल, नेताहरु बिमलेन्द्र निधि र चीनकाजी श्रेष्ठ तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा हुनुहुन्थ्यो । यस्तै मधेशकेन्द्रित दलका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, हृदयेश त्रिपाठी, राजकिशोर यादवलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा