
अविश्वास प्रस्तावका विषयमा माओवादी केन्द्रको छलफल
काठमाडौँ, २ साउन । नेकपा(माओवादी केन्द्र)ले व्यवस्थापिका–संसद्मा दर्ता गरेको सरकारविरुद्धको अविश्वासको प्रस्तावलाई पारित गर्न विशेष पहल गर्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले संविधानको व्यवस्था र व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली, २०७३ अनुसार अविश्वासको प्रस्ताव अगाडि बढ्ने भएकाले त्यसमा पार्टीका तर्फबाट विशेष पहल गर्ने निर्णय गरेको हो ।
प्रवक्ता पम्फा भुसालका अनुसार बैठकमा अविश्वासको प्रस्ताव दर्ता भएपछि भएका गतिविधि एवम् सो प्रस्तावलाई पारित गर्ने विषयमा भएका द्विपक्षीय एवम् बहुपक्षीय छलफलका बारेमा रिपोर्टिङ पेस भएको छ ।
सरकार गठनसम्बन्धी विषय संसद्को कार्यक्षेत्र भए पनि त्यसलाई अतिरञ्जीत ढङ्गले प्रचार गरिएको ठहर गर्दै बैठकले अल्पमतमा पुगिसकेको सरकारले गलत तवरले काम गरेको भन्दै असन्तुष्टि जनाएको छ ।
यस्तै बैठकमा पार्टीमा रिक्त रहेको पोलिटब्युरो, सचिवालय र कार्यालयमा पदपूर्ति गर्नेबारेमा समेत छलफल भए पनि आज कुनै निष्कर्षमा नपुगेको उहाँले जानकारी दिनुभयो । केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ८ बजे बस्नेछ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति