
चिकित्सा शिक्षा सुधारको चार बुँदे माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक डा गोविन्द केसी आइतबार पुनः आठौँ पटक अनशन सुरु गर्ने क्रममा अनशनबारे पत्रकारलाई जानकारी गराउदैँ । तस्बिरः कल्पना पौडेल,रासस
काठमाडौँ, १ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध अनशन बसेका डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिएको छ ।
डा केसीले राखेको मागको समर्थन गर्दै आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो । प्रदर्शनमा ‘माथेमा प्रतिवेदन पूर्णरुपमा कायम गर, स्वास्थ्यमा गुणस्तर कायम गर, माफियाको मिसन सिटामोलमा कमिसन, डा केसीको अनशन मेडिकल माफियालाई टेन्सन, जनता लुट्न पाइदैन मेडिकल माफिया चाहिँदैन लगायतका नारा लगाइएको थिए ।
प्रदर्शनमा बिवेकशील नेपाली दल, राष्ट्रिय चिकित्सक शिक्षा सुधार अभियान, नेपाली समाज संस्था साथै चिकित्सक, नर्स, नागरिक समाज, लेखकलगायत दुईहजार व्यक्तिको सहभागिता रहेको थियो ।
प्रदर्शनमा डा सरोज धितालले मेडिकल क्षेत्रमा देखिएको विकृति र विसङ्गति चिर्न डा केसीको अनशन भएको बताउनुभयो । उहाँले अनशन नेपाली जनताको हितमा भएको स्पष्ट पार्नुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते