डा केसीको मागको समर्थन गर्दै प्रदर्शन

चिकित्सा शिक्षा सुधारको चार बुँदे माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक डा गोविन्द केसी आइतबार पुनः आठौँ पटक अनशन सुरु गर्ने क्रममा अनशनबारे पत्रकारलाई जानकारी गराउदैँ । तस्बिरः कल्पना पौडेल,रासस

काठमाडौँ, १ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध अनशन बसेका डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिएको छ ।

डा केसीले राखेको मागको समर्थन गर्दै आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो । प्रदर्शनमा ‘माथेमा प्रतिवेदन पूर्णरुपमा कायम गर, स्वास्थ्यमा गुणस्तर कायम गर, माफियाको मिसन सिटामोलमा कमिसन, डा केसीको अनशन मेडिकल माफियालाई टेन्सन, जनता लुट्न पाइदैन मेडिकल माफिया चाहिँदैन लगायतका नारा लगाइएको थिए ।

प्रदर्शनमा बिवेकशील नेपाली दल, राष्ट्रिय चिकित्सक शिक्षा सुधार अभियान, नेपाली समाज संस्था साथै चिकित्सक, नर्स, नागरिक समाज, लेखकलगायत दुईहजार व्यक्तिको सहभागिता रहेको थियो ।

प्रदर्शनमा डा सरोज धितालले मेडिकल क्षेत्रमा देखिएको विकृति र विसङ्गति चिर्न डा केसीको अनशन भएको बताउनुभयो । उहाँले अनशन नेपाली जनताको हितमा भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री