
काठमाडौँ, १ साउन । नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमणमा आउने अति विशिष्ट पाहुना राख्न भवन (स्विट) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ ।
नेपाली मौलिक कला र संस्कृतिअनुसार अत्याधुनिक सुविधा सम्पन्न २५ वटा भवन निर्माण गर्ने प्रस्ताव कार्यालयले सरकारसमक्ष राखेको छ । यस्ता भवन आफ्नै जग्गामा निर्माण गर्न सरकारसमक्ष प्रस्ताव अघि सारेको ट्रष्टका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा असार ३१ गते शुक्रबार बसेको नेपाल ट्रष्ट सञ्चालक समितिको ३९आँै बोर्ड बैठकमा ट्रष्टले यस्तो प्रस्ताव अघि सारेको उनले जानकारी दिए ।
समितिका अध्यक्ष उपप्रधानमन्त्री एवम् गृहमन्त्री भीम रावलको अध्यक्षतामा बसेको सो बैठकले ट्रष्टका नाममा आएका जग्गा, जमिन तथा भवन भाडामा लगाउने, नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुना राख्न भवन (स्विट) निर्माणलगायत एजेन्डालाई अनुमोदन गरेको थियो ।
हाल ट्रष्टले पूर्व राजपरिवारका नाममा रहेका करिब २५ हजार ६०० रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ । व्यापारिक उपयोग देखिएका जग्गालाई ट्रष्टले भाडामा दिन सुरुवात् गरिसकेको सचिव उपाध्यायले जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्री ओलीलाई सचिव उपाध्यायले आव २०७०, ७१ र २०७१, ७२ को ट्रष्टको वार्षिक प्रतिवेदन बुझाएका थिए ।
ट्रष्टको ऐनअनुसार ट्रष्टले वार्षिक प्रतिवेदन प्रमसमक्ष बुझाउने र प्रमले संसद्समक्ष प्रस्तुत गर्नुहुने प्रावधान रहिआएको छ । ट्रष्टको सञ्चालक समितिको ४०औँ बैठक यही साउन ३ गते बस्ने बताइएको छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग