
टर्कीमा कु प्रयासमा मारिनेको संख्या १६१
अंकारा । टर्कीमा विद्रोही सेनाको सत्ता हत्याउने प्रयास (कु) का क्रममा १६१ जना मारिएको समाचार छ । सीएनएनका अनुसार, देशभर १४४० जना घाइते भएका छन् । राष्ट्रपति कार्यालय श्रोतका अनुसार हालसम्म २८३९ सैनिक अधिकृतलाई गिरफ्तार गरिएको छ । २७४५ न्यायधिशलाई निलम्बन गरिएको एनाटोलियन समाचार एजेन्सीले उल्लेख गरेको छ ।
प्रधानमन्त्री बिनाली यिल्डिरिमले पत्रकार सम्मेलनमा स्थिति नियन्त्रणमा आएको बताएका छन् । यसअघि राष्ट्रपति एर्डोगान तेयिपले कु विफल भएको बताएका थिए । राष्ट्रपति एर्डोगानले टर्कीको सत्ता लिएको १३ वर्ष पुग्नै लाग्दा उनको सत्ताविरुद्ध आवाज उठ्न थालेको छ । छुट्टीमा रहेका राष्ट्रपति एर्डोगान रातारात इस्तानबुल फर्किएका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
फेसबुक