अंकारा, १ साउन । टर्कीमा सत्ता हत्याउने प्रयास विफल भएको राष्ट्रपति एर्डोगान तेयिपले बताएका छन् । कु प्रयासमा हालसम्म ९० जना मारिएको समाचार छ । ११५४ घाइते भएका जनाइएको छ ।
दुई ठूला शहर इस्तानबुल र अंकारामा गएराति भएको गोलाबारी र विस्फोटका घट्नाका जिम्मेवार विद्रोही सेनाका १५७३ भन्दा बढीलाई सरकार समर्थित सेनाले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा २९ जना जर्नेल, पांच जना जनरल सहित छन् ।
टर्कीको टेलिभिजनले इस्तानबुलस्थित बोसफोरस नदीको पुलमा बख्तरबन्द गाडीहरुबाट दर्जनौं सेनाले आत्मसमर्पण गरेको देखाएका छन् । तथापि, राजधानी अंकाराका ठाउंठाउंमा विस्फोट र गोली चलेको आवाज आइरहेको छ ।
राष्ट्रपति एर्डोगानले टर्कीको सत्ता लिएको १३ वर्ष पुग्नै लागेको छ, र यसबीचमा उनको सत्ताविरुद्ध आवाज उठ्न थालेको छ । हाल छुट्टीमा रहेका राष्ट्रपति एर्डोगान रातारात इस्तानबुल फर्किएका थिए, र उनी फर्कदा टर्कीका सडकमा हजारौं समर्थकले उनलाई स्वागत गरेका थिए ।
यद्यपि राष्ट्रपतिको विरोधमा समेत सहरका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् ।
“यो राष्ट्रद्रोह हो । यो विद्रोहको कार्यमा संलग्नले महंगो मूल्य चुकाउनु पर्नेछ, राष्ट्रपति एर्डोगानले विमानस्थलमा बताए ।
सरकारले परिस्थितिलाई नियन्त्रणमा लिने उद्देश्यले दुवै सहरका विभिन्न स्थानमा कफ्र्यू लगाएको घोषणा गरेको छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग