काठमाडौँ, २९ असार । वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आज आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा बुझाउनुभएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उपप्रधानमन्त्री रायमाझीले केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा पत्र बुझाउनुभएको प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले राससलाई जानकारी दिनुभयो ।
माओवादी केन्द्रले एमालेसित भएको नौबुँदे र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै मङ्गलबार सरकारबाट फिर्ता हुने र आफ्नो नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रसको सहयोगमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।
केन्द्रको पदाधिकारी बैठक र संसदीय दलको बैठकले सरकार अल्पमतमा परेको भन्दै प्रम ओलीलाई राजीनामा दिई मार्गप्रशस्त गर्न आग्रह समेत गरिसकेको छ । केन्द्रले आजै व्यवस्थापिका–संसद् बैठक बस्नुअघि नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जनाएको छ ।
प्रम ओलीको नेतृत्वमा २०७२ साल असोज २४ गते तत्कालीन एनेकपा ९माओवादी० सरकरमा सहभागी भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते