काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र) ले मुलुकका तमाम समस्या हल गर्न प्रमुख दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विषयलाई पुनः प्रमुख प्राथमिकता दिएको छ ।
माओवादी केन्द्रको आज अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले सहमतिको सरकार नै मुलुकको पहिलो आवश्यकता भएको निष्कर्ष निकालेको हो । गत वैशाख २५ गते भएको नौ बुँदे सहमति र केही अलिखित सहमतिका विषयमा सरकारको प्रमुख घटक नेकपा (एमाले)सँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको छ ।
प्रवक्ता पम्फा भुसालका अनुसार विगतमा भएका सहमति एवम् समझदारीलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने र पूर्व सहमतिलाई अक्षरशः कार्यान्वयन गराउने विषयमा एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।
माओवादीले संविधान लेखन प्रक्रियाबाटै असन्तुष्ट बन्दै आन्दोलनमा रहेको मधेसवादी दल, थारु, जनजाति तथा आदिवासी समुदायको माग सम्बोधन गर्नुपर्ने, भूकम्पपछिको पुनःनिर्माणलाई गति दिनुपर्ने, बाढी पहिरोपीडितलाई राहत तथा उद्धारका लागिसमेत प्रमुख दलको सहमति जरुरी रहेको बताउँदै आएको छ ।
शान्ति प्रक्रियासँग जोडिएका कतिपय विषयमा जुन गतिमा काम गर्नुपर्ने हो, सो हुन नसकेको भन्दै माओवादी केन्द्रले एमालेसँग असन्तुष्टि व्यक्त गर्दै आएको छ । माओवादी केन्द्रको पोलिटब्युरो बैठकले सहमतिको सरकार गठन गर्ने र त्यसको संयोजन गर्ने जिम्मा अध्यक्ष दाहाललाई नै दिएको सन्दर्भमा आजको केन्द्रीय कार्यालयको बैठकले समेत सोही आधारमा निर्णय गरेको हो ।
आइतबार साँझ एमालेलगायतका सत्तारुढ दलहरुसँग संयुक्त छलफल गरेको माओवादीले सबै पक्षसँग सहमतिको सरकार गठनका लागि द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने निर्णय गरेको प्रवक्ता भुसालको भनाइ छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते