
इङ्ग्ल्यान्डको म्यारिलेबोन क्लबसँग मैत्रीपूर्ण खेलका लागि प्रस्थान गर्नुअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको बिदाइ कार्यक्रमका सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २६ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले ‘क्रिकेटको घर’ नामले परिचित इङ्ग्ल्यान्डको लन्डनस्थित ‘लर्डस क्रिकेट मैदान’मा नेपालले खेल्न पाउनु ठूलो सौभाग्य भएको बताउनुभएको छ ।
आज यहाँ आयोजित बिदाई कार्यक्रममा प्रशिक्षक टमाटाले भन्नुभयो, “बेलायतजस्तो देशको ऐतिहासिक मैदानमा खेल्न पाउनु नेपाली खेलाडीका लागि सुनौलो अवसर हो, त्यसैले हामीले त्यहाँ राम्रो खेल प्रदर्शन गरेर सबैको ध्यान आकृष्ट गर्नुपर्छ ।”
कप्तान खड्काले भन्नुभयो, “सायद त्यस्तो क्रिकेटको ऐतिहासिक ठाउँमा पहिलोपटक खेल्न पाउने एसोसिएट राष्ट्रमध्ये नेपाल नै पहिलो होला, त्यसैले हामीले यो समयको सदुपयोग गर्नुपर्छ ।” उहाँले यो पटक मौसमले पनि साथ दिएकाले राम्रो प्रदर्शनको आशा गरेको बताउनुभयो ।
हाल नेपाली टोली अगस्टमा नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतका दुई खेलको तयारीमा छ । जसका लागि नेपालले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदान (लड्स क्रिकेट मैदान)मा अभ्यास खेल खेल्ने अवसर पाएको हो । लड्स क्रिकेट मैदान संसारकै पुरानो क्रिकेट मैदानमा पर्छ ।
यसैबीच, नेपाली क्रिकेट टोली सोमबार बिहान इङ्ग्ल्यान्ड प्रस्थान गर्दैछ । इङ्ल्यान्ड यात्रा गर्ने टोलीमा १५ खेलाडी र तीन पदाधिकारी छन् । जसमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । त्यस्तै, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, बिक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगरसमेत इङ्ग्ल्यान्ड उड्नेछन् ।
त्यसैगरी प्रशिक्षक टमाटा, टेक्निकल एनालाइसिष्ट रमण सिवाकोटी र फिजियो दिनेश भट्ट पनि टोलीसँगै हुनेछन् ।
उनीहरुलाई आज यहाँ आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले बिदाई गर्नुभयो ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण