काठमाडौँ, २६ असार । नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) सँग विगतमा भएका सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले पूर्व सहमतिलाई अक्षरशः लागू गर्दै राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको छ ।
संविधानको सहज कार्यान्वयन, तराई–मधेसमा आन्दोलनरत दल, आदिवासी, जनजाति तथा थारु समुदायको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माणलाई सार्थकरुपमा अगाडि बढाउन पनि सहमतिको सरकार जरुरी रहेको माओवादी केन्द्रले निष्कर्ष निकालेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
प्रवक्ता भुसालका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, एमालेसँग भएको सहमति तथा विभिन्न चरणमा विभिन्न राजनीतिक दलसँग भएको संवाद तथा छलफलका बारेमा समेत कुराकानी भएको थियो ।
माओवादी केन्द्रको केही दिनअघि सम्पन्न पोलिटब्युरो बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गरेको थियो ।
एमाले र माओवादी केन्द्रबीच गत वैशाख २५ गते भएको नौ बुँदे सहमति र गोप्य राखिएको भनिएको तीन बुँदे भद्र सहमतिका आधारमा सहमतिको सरकार गठन गरेर मुलुकका समस्या हल गर्ने उल्लेख रहेको नेताहरुले सार्वजनिक रुपमा नै बताउँदै आउनुभएको छ ।
प्रवक्ता भुसालले माओवादी केन्द्रको बैठक सोमबार बिहान पुनः बस्नेगरी स्थगित भएको जानकारी दिनुभयो ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा