
जुवा (दक्षिण सुडान), २५ असार । दक्षिण सुडानको राजधानी जुवास्थित राष्ट्रिपति भवन वरपर शुक्रबार साँझ भएको झडपमा कम्तिमा १५० जनाको मृत्यु भएको बताइएकोे छ ।
सुडानको पिपुल्स लिबरेसन इन आर्मीका प्रवक्ता विलियम गाटजियथले शनिबार मृतकमध्ये अधिकांश सैनिक अधिकारी रहेका र जुवा शिक्षण अस्पतालको मुर्दाघर मृत शरीरले भरिएको बताउनुभयो ।
हाम्रो अङ्गरक्षकको पहिलो घेराभित्र मात्रै ३५ जना सेना मृत फेला परेका उहाँले बताउनुभयो । राष्ट्रपति भवनलाई सुरक्षार्थ खटिएका ८० जना सेना भवन वरपर खटिएकामा उनीहरु केही पनि सम्पर्कमा नआएका पनि उहाँले बताउनुभयो ।
यसैगरी दक्षिण सुडानको जेबेल कजुरस्थित संयुक्त राष्ट्रसङ्घको शिविर नजिकै रहेको प्रतिपक्षी दलको प्रमुखको घरमा पनि आक्रमण भएको छ तर यसमा के कति हताहती भएको भन्ने खबर अझै प्राप्त भै नसकेको प्रवक्ता गाटजियाथले बताउनुभयो ।
शुक्रबारको आक्रमण ठूलो भएको बताउँदै उहाँले यसमा मृत्यु हुने सेना, कर्मचारीलगायत अन्य नागरिकको सङ्ख्या थप बढ्न सक्ने उहाँले बताउनुभयो ।
शुक्रबार साँझ राष्ट्रपति साल्मा कीर, प्रथम उपराष्ट्रपति रिएक मसार र उपराष्ट्रपति वानी इगाले बिहीबार भएको एक झडपमा पाँच जना सेनाको ज्यान गएपछि आएको परिस्थितिका बारेमा राष्ट्रपति भवनमा कुराकानी गरिरहेको बेला उक्त भवनमा आक्रमण भएको थियो ।
घटनामा किन कसले गरेको भन्नेबारे अहिलेसम्म थाहा भइनसकेको जनाउँदै अनुसन्धानपछि सबै कुरा बाहिर आउने लिवरेसन आर्मीका प्रवक्ताले बताउनुभयो ।
शनिबार भने दक्षिण सुडानको स्वतन्त्रता दिवस मनाइरहँदा राजधानी जुवामा दिनभर कुनै झडपका घटना नभएको बताइएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै