
जी–२० का वाणिज्य मन्त्रीहरुको बैठक साङ्घाइमा सुरु
साङ्घाइ, २५ असार । जी–२० का व्यापार तथा बाणिज्य मन्त्रीहरुको बैठक शनिबार चिनियाँ सहर साङ्घाइमा सुरु भएको छ ।
यस बैठकमा ती देशहरुका बीचमा व्यापार तथा लगानीका क्षेत्रहरुमा गरिने पहल र व्यापार तथा लगानीमा प्रवर्धन र समन्वय गर्ने विषयमा छलफल हुने बताइएको छ ।
चिनियाँ वाणिज्य मन्त्री गाओ हुचेनले अध्यक्षता गर्नुभएको सो बैठकमा उहाँले अध्यक्षको मन्तव्य दिँदै जी–२० का सदस्य राष्ट्रहरुबीचको पछिल्लो व्यापार प्रवर्धनका बारेमा जोड दिनुभएको थियो ।
उहाँले विश्व अर्थतन्त्रका लागि जी–२० एक सशक्त र बलियो इन्जिन हो भन्दै विश्वको कुल ग्राहस्थ्य उत्पादनमा यस संगठनमा आवद्ध राष्ट्रले ८५ प्रतिशत र विश्व व्यापारमा ८० प्रतिशत हिस्सा ओगटेको बताउनुभयो ।
उहाँले अबका दिनमा जी–२०ले विश्व व्यापारको विस्तार, बहुआयामिक व्यापारका साथै लगानीका क्षेत्रहरुलाई प्रवर्धनगर्दै लानुपर्नेमा पनि जोड दिनुभयो ।
यस संगठनमा आवद्ध विश्वका २० देशका करिब ५०० जना सरकारी अधिकारी, विभिन्न बहुराष्ट्रिय कम्पनीका साथै अन्तर्राष्ट्रिय व्यापार र व्यवसायमा आबद्ध कम्पनीहरुको पनि सहभागिता छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई