साङ्घाइ, २५ असार । जी–२० का व्यापार तथा बाणिज्य मन्त्रीहरुको बैठक शनिबार चिनियाँ सहर साङ्घाइमा सुरु भएको छ ।
यस बैठकमा ती देशहरुका बीचमा व्यापार तथा लगानीका क्षेत्रहरुमा गरिने पहल र व्यापार तथा लगानीमा प्रवर्धन र समन्वय गर्ने विषयमा छलफल हुने बताइएको छ ।
चिनियाँ वाणिज्य मन्त्री गाओ हुचेनले अध्यक्षता गर्नुभएको सो बैठकमा उहाँले अध्यक्षको मन्तव्य दिँदै जी–२० का सदस्य राष्ट्रहरुबीचको पछिल्लो व्यापार प्रवर्धनका बारेमा जोड दिनुभएको थियो ।
उहाँले विश्व अर्थतन्त्रका लागि जी–२० एक सशक्त र बलियो इन्जिन हो भन्दै विश्वको कुल ग्राहस्थ्य उत्पादनमा यस संगठनमा आवद्ध राष्ट्रले ८५ प्रतिशत र विश्व व्यापारमा ८० प्रतिशत हिस्सा ओगटेको बताउनुभयो ।
उहाँले अबका दिनमा जी–२०ले विश्व व्यापारको विस्तार, बहुआयामिक व्यापारका साथै लगानीका क्षेत्रहरुलाई प्रवर्धनगर्दै लानुपर्नेमा पनि जोड दिनुभयो ।
यस संगठनमा आवद्ध विश्वका २० देशका करिब ५०० जना सरकारी अधिकारी, विभिन्न बहुराष्ट्रिय कम्पनीका साथै अन्तर्राष्ट्रिय व्यापार र व्यवसायमा आबद्ध कम्पनीहरुको पनि सहभागिता छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा