काठमाडौँ, २५ असार । श्रम तथा रोजगारमन्त्री दीपक बोहराले मर्यादित, व्यवस्थित तथा सुरक्षित वैदेशिक रोजगारीका लागि सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७३ अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयको छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ आज दिँदै उहाँले मुलुकभित्र रोजगारीको उपयुक्त अवसर नभएका कारण वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई निरन्तर कम गरिने उल्लेख गर्नुभयो ।
उहाँले घरेलु कामदारका रुपमा महिलालाई असुरक्षित रुपमा विभिन्न मुलुकमा जाने प्रवृत्ति जारी रहेकामा चिन्ता व्यक्त गर्दैै अवैधानिक रुपमा लैजाने कार्यलाई निरुत्साहन गर्नेतर्फ सरकारले विशेष योजना लागू गर्ने बताउनुभयो ।
अफगानिस्तानको काबुलमा आतङ्ककारी आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते नेपालीको उद्धारमा सरकारले विशेष पहल गरेको जानकारी गराउनुभयो ।
निःशुल्क टिकट र निःशुल्क प्रवेशाज्ञालाई व्यवस्थित रुपमा अगाडि बढाउनेतर्फ सरकारले काम गरिरहेको उल्लेख गर्दै उहाँले ठगी नियन्त्रणका लागि कडाभन्दा कडा प्रावधान सहितको नीति तथा कार्यक्रम बनाई सदनबाट नै पारित गरिने छ भन्नुभयो ।
उहाँले अफगानिस्तान, इराक, सिरिया, लिबिया जस्ता द्वन्द्वग्रस्त मुलुकमा कामदार पठाउने प्रक्रिया रोकिएको बताउँदै गलत धन्दा गर्ने वैदेशिक रोजगार संस्थालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सीप, प्रशिक्षण तथा दक्ष कामदार पठाए मात्रै सुरक्षित र भरपर्दो वैदेशिक रोजगारी सम्भव छ”, उहाँले भन्नुभयो ।
बाल श्रमको अन्त्यका लागि सरकारले पहल जारी राखेको जानकारी दिँदै उहाँले केही दिन पहिले भक्तपुरका इँटा भट्टामा बालश्रम मुक्त गरिएको उल्लेख गर्नुभयो ।
विनियोजन विधेयक, २०७३ अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित विषयमा विभिन्न दलका २७ सांसदले प्रश्न गर्नुभएको थियो । यस्तै रामहरि खतिवडा, पेम्बा लामा, कृष्णप्रसाद पौडेल, चूडामणि विक जङ्गली र निशाकुमारी साहले थप स्पष्टीकरण माग्नुभएको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक