
व्यवस्थापिका–संसद्मा मन्त्रालयमाथि छुट्याइएको बजेट र योजनाबारेमा सांसदले राख्नुभएको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनेकार्य सुरु हुँदा शुक्रबार उपस्थित सांसद । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २४ असार । विनियोजन विधेयकअन्तर्गत ऊर्जा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ऊर्जा सङ्कट निवारण र ऊर्जा उत्पादनका लागि दीर्घकालीन योजना अघि सारिएको बताउनुभयो ।
उहाँले दुई वर्षभित्र मुलुकमा शतप्रतिशत ‘लोडसेडिङ’ हटाउँदै ऊर्जा सङ्कट टार्न वैकल्पिक ऊर्जा उत्पादन र विद्युत् आयात गरिएको बताउनुभयो ।
मन्त्रालयले बग्ने नदीमा भन्दा पनि सङ्कलित पानीमा आधारित जलविद्युत् आयोजनालाई प्राथकिकतामा राखेको बताउँदै उहाँले सञ्चालनमा रहेका ठूला आयोजनाको निर्माणलाई तीव्रता दिएको उल्लेख गर्नुभयो ।
मन्त्रालयले दश वर्षमा १० हजार मेघावाट विद्युत् उत्पादन गर्ने उद्देश्य राखी कामअघि बढाएको बताउँदै उहाँले तत्काल ऊर्जा सङ्कट टार्न भारतबाट विद्युत् ल्याइने र पछि बढी उत्पादन भएको विद्युत् त्यही बाटोबाट निर्यात गरिने बताउनुभयो ।
उपप्रधानमन्त्री रायमाझीले राष्ट्रिय गौरवका बूढीगण्डकी जलविद्युत् आयोजनालाई विद्युत् उत्पादनका साथै पर्यटन दृष्टिले समेत महत्वपूर्ण भएको बताउँदै जग्गा अधिग्रहण कार्य भइरहेको जानकारी दिनुभयो ।
वन तथा भू–संरक्षण मन्त्रीको जवाफ
विनियोजन विधेयकअन्तर्गत वन तथा भू–संरक्षण मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै वनमन्त्री अग्निप्रसाद सापकोटाले वैज्ञानिक वन व्यवस्थापन प्रभावकारी रुपमा लागू गरी काठको आपूर्ति बढाइने र वनको अवस्थामा सुधार ल्याइने बताउनुभयो ।
उहाँले वनको वैज्ञानिक व्यवस्थापनबाट काठको आपूर्ति बढाइ भूकम्पपीडितलाई घर निर्माणमा सहुलियतमा काठ उपलब्ध गराइने र विदेशबाट आयातित काठ विस्थापन गरिने बताउनुभयो ।
वनबाट पाइने सेवालाई दिगो बनाइनुका साथै रुपमा वनमा रहेका बुढारुखको कटान तथा वृक्षारोपण गरिने उल्लेख गर्दैै उहाँले वन डढेलो रोकथाममा लाग्ने व्यक्तिलाई पुरस्किृत गरिने जनकारी दिनुभयो ।
तराई– मधेसका लागि पानीको मुहान र वातावरणका क्षेत्रका लागि महत्वपूर्ण वन क्षेत्रका रुपमा रहेको तराई चुरे क्षेत्रका व्यवस्थापनका लागि गुरुयोजना तयार भएको बताउँदै उहाँले अतिक्रमित वनक्षेत्र कुनै पनि हालतमा खाली गराइ वन क्षेत्रको संरक्षण गर्न मन्त्रालय लागेको स्पष्ट पार्नुभयो ।
मन्त्री सापकोटाले राजधानीको जनसङ्ख्यालाई मध्यनजर गरी भक्तपुरमा बहुआयामिक नमुना प्राणी उद्यान बनाउने कार्यको सुरुवात गरिएको बताउनुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते