
वासिङटन, २४ असार । संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री एवम् राष्ट्रपतिको आगामी निर्वाचनका लागि उम्मेदवार रहनुभएकी हिलारी क्लिन्टनको इमेल काण्डको पुनः अनुसन्धान गरिने भएको छ ।
उहाँले आफू विदेशमन्त्री रहेको समयमा आफ्नो निजी कामका लागि भन्दै कार्यालयको इमेल सर्भर प्रयोगगरी पत्राचार गर्नुभएको थियो ।
यस विषयमा अमेरिकामा निकै ठूलो विवाद उत्पन्न भएको छ । उहाँ आगामी निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएकोले पनि यस विषयलाई झनै विवादमा ल्याइएको थियो ।
अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ता जोन कर्बीले यस विषयको छानबीनका लागि मन्त्रालयले पुनः यसको समीक्षा गर्ने भएको जानकारी दिनुभएको हो ।
तर यसअघि भने अब त्यस विषयमा कुनै पनि प्रकारको अनुसन्धान वा कारबाही गर्र्नुनपर्ने भनी समाचार आएको थियो ।
केही दिनमात्र अघि अमेरिकाका महान्यायाधिवक्ताले यस विषयमा क्लिन्टनलाई कुनै पनि किसीमको वा फौजदारी अभियोग लगाउन नमिल्ने सार्वजनिक जानकारी गराउनुभएको थियो ।
तर यस कारबाहीको विषयमा केही नभनेको भएपनि अमेरिकी विदेशमन्त्रालयले भने यस मुद्दालाई उक्त मन्त्रालयले एकपटक पुनः समीक्षा वा पुनरावलोकन गर्ने भएको जनाएको हो ।
बिहीबार विदेशमन्त्रालयका प्रवक्ता कर्बीले यस विषयमा पुनः अनुसन्धान गरिने बताउनुभएको विभिन्न सञ्चारमाध्महरुले जनाएका छन् ।
तर सो कस्तो किसीमको छाबीन हो र कहिलेसम्ममा यो छानबीन पूरा हुने हो भन्ने बारेमा भने केही बताइएको छैन ।
पूर्व विदेशमन्त्री क्लिन्टनलाई उहाँ आफू विदेशमन्त्री भएको समयमा आफ्ना निजी कुराहरुको पत्राचारका लागि किन कार्यालयको इमेल सर्भर प्रयोग गर्नुभएको थियो भन्ने बारेमा निकै प्रश्न गरिएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते