
वासिङटन, २४ असार । संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री एवम् राष्ट्रपतिको आगामी निर्वाचनका लागि उम्मेदवार रहनुभएकी हिलारी क्लिन्टनको इमेल काण्डको पुनः अनुसन्धान गरिने भएको छ ।
उहाँले आफू विदेशमन्त्री रहेको समयमा आफ्नो निजी कामका लागि भन्दै कार्यालयको इमेल सर्भर प्रयोगगरी पत्राचार गर्नुभएको थियो ।
यस विषयमा अमेरिकामा निकै ठूलो विवाद उत्पन्न भएको छ । उहाँ आगामी निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएकोले पनि यस विषयलाई झनै विवादमा ल्याइएको थियो ।
अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ता जोन कर्बीले यस विषयको छानबीनका लागि मन्त्रालयले पुनः यसको समीक्षा गर्ने भएको जानकारी दिनुभएको हो ।
तर यसअघि भने अब त्यस विषयमा कुनै पनि प्रकारको अनुसन्धान वा कारबाही गर्र्नुनपर्ने भनी समाचार आएको थियो ।
केही दिनमात्र अघि अमेरिकाका महान्यायाधिवक्ताले यस विषयमा क्लिन्टनलाई कुनै पनि किसीमको वा फौजदारी अभियोग लगाउन नमिल्ने सार्वजनिक जानकारी गराउनुभएको थियो ।
तर यस कारबाहीको विषयमा केही नभनेको भएपनि अमेरिकी विदेशमन्त्रालयले भने यस मुद्दालाई उक्त मन्त्रालयले एकपटक पुनः समीक्षा वा पुनरावलोकन गर्ने भएको जनाएको हो ।
बिहीबार विदेशमन्त्रालयका प्रवक्ता कर्बीले यस विषयमा पुनः अनुसन्धान गरिने बताउनुभएको विभिन्न सञ्चारमाध्महरुले जनाएका छन् ।
तर सो कस्तो किसीमको छाबीन हो र कहिलेसम्ममा यो छानबीन पूरा हुने हो भन्ने बारेमा भने केही बताइएको छैन ।
पूर्व विदेशमन्त्री क्लिन्टनलाई उहाँ आफू विदेशमन्त्री भएको समयमा आफ्ना निजी कुराहरुको पत्राचारका लागि किन कार्यालयको इमेल सर्भर प्रयोग गर्नुभएको थियो भन्ने बारेमा निकै प्रश्न गरिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा