ट्रम्प र हिलारीबीचको सङ्घर्ष ‘काल्पनिक अतित’ ः ओबामा

ओबामा । तस्विरः एपी

ओबामा । तस्विरः एपी

वासिङ्टन, २२ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो समर्थन हिलारी क्लिन्टनलाई दिँदै बुधबार हिलारी र रियल स्टेटका दिग्गज डोनाल्ड ट्रम्पका बीचको चुनावी रस्साकसी भविष्य र काल्पनिक अतितको बीचको कुनै एक विकल्पलाई चुन्ने अभ्यास भएको बताउनुभएको छ ।

यो हामी काल्पनिक विगतलाई छान्ने या सुन्दर भविष्यमा जाने भन्ने छनोट पाएका छौँ, राष्ट्रपति क्लिन्टनले आफ्नो पहिलो संयुक्त चुनावी अभियानका क्रममा उत्तरी क्यारोलिनामा भएको चुनावी रयालीपछिको सम्बोधनमा बताउनुभयो ।

हिलारी क्लिन्टनका हजारौँ समर्थकलाई सम्बोधन गर्ने क्रममा यही नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिका लागि हुने निर्वाचनमा तपाईहरु दुई मूलभूत विचारमध्ये एउटा प्रष्ट विचारको चयन गर्नुपर्ने हुन्छ ।

यसकारण तपाईहरु अमेरिकालाई काल्पनिक विगतलाई सीमित राख्ने वा सुन्दर भविष्यको परिकल्पनालाई अगाडि बढाउने भन्ने सुझबुझका साथ मतदानमा जानुपर्नेछ ।

वास्तवमा नोभेम्बर ८ मा हुने निर्वाचन बाम र दक्षिण वा डेमोक्रेट र रिपब्लिक बीचको चयन होइन, बरु राष्ट्रपतिको चयन अमेरिकालाई कस्तो बनाउने भन्ने निर्णय लिने क्षण हो, नोभेम्बर ८ मा हुने निर्वाचनमा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको पक्षमा मतदान गर्न देशवासीसँग आग्रह गर्दै भन्नुभयो ।

हामी सम्पूर्ण अमेरिकीको पक्षमा काम गर्ने नेतृत्व छान्दैछौँ वा निश्चित दिर्घाका मानिएका पक्षमा सोचविचारसाथ मतदान गर्नु जरुरी रहेको छ ।

ओबामाले सम्बोधनका क्रममा अमेरिकी सङ्घीय अनुसन्धान विभाग (एफबीआई) ले हिलारीका विरुद्धमा आरोपपत्र नलाने फैसला गरेकोसमेत बताउनुभएको थियो ।

हिलारी क्लिन्टनको पक्षमा बहस गर्दै राष्ट्रपतिले थप्नुभयो, हिलारीले हाम्रो अर्थतन्त्र विकासका लागि कसरी काम गर्ने भन्नेमा सोचविचारसहित अघि बढ्न सक्नुहुन्छ । उहाँ केही सीमित मान्छेको फाइदाका लागि अर्थतन्त्रलाई चलाउन नहुने पक्षमा हुनुहुन्छ ।

राष्ट्रपति ओबामाले अर्का उम्मेदवार ट्रम्पको नाम उच्चारण नगरिकनै उहाँमाथि प्रश्न गर्नुभयो, कुनै पनि झुट बहानाबाजीले देशलाई सुरक्षित बनाउन सक्दैन ।

हिलारी क्लिन्टन विगतको दुनियाबाट हात पछाडि खिच्न सकिँदैन भन्ने धारणा राख्नुहुन्छ र यो अमेरिकी नेतृत्वका लागि आवश्यक विषय हो ।

ओबामाले सन् २००८ मा अमेरिकी इतिहासमै पहिलो अश्वेत राष्ट्रपति बनेर नयाँ इतिहास रच्नुभएको थियो ।

यदि हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनुभएमा उहाँ पहिलो अमेरिकी महिला राष्ट्रपति बनेर अमेरिकी इतिहासमा सुनौलो अर्को इटा थपिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री