वासिङ्टन, २२ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो समर्थन हिलारी क्लिन्टनलाई दिँदै बुधबार हिलारी र रियल स्टेटका दिग्गज डोनाल्ड ट्रम्पका बीचको चुनावी रस्साकसी भविष्य र काल्पनिक अतितको बीचको कुनै एक विकल्पलाई चुन्ने अभ्यास भएको बताउनुभएको छ ।
यो हामी काल्पनिक विगतलाई छान्ने या सुन्दर भविष्यमा जाने भन्ने छनोट पाएका छौँ, राष्ट्रपति क्लिन्टनले आफ्नो पहिलो संयुक्त चुनावी अभियानका क्रममा उत्तरी क्यारोलिनामा भएको चुनावी रयालीपछिको सम्बोधनमा बताउनुभयो ।
हिलारी क्लिन्टनका हजारौँ समर्थकलाई सम्बोधन गर्ने क्रममा यही नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिका लागि हुने निर्वाचनमा तपाईहरु दुई मूलभूत विचारमध्ये एउटा प्रष्ट विचारको चयन गर्नुपर्ने हुन्छ ।
यसकारण तपाईहरु अमेरिकालाई काल्पनिक विगतलाई सीमित राख्ने वा सुन्दर भविष्यको परिकल्पनालाई अगाडि बढाउने भन्ने सुझबुझका साथ मतदानमा जानुपर्नेछ ।
वास्तवमा नोभेम्बर ८ मा हुने निर्वाचन बाम र दक्षिण वा डेमोक्रेट र रिपब्लिक बीचको चयन होइन, बरु राष्ट्रपतिको चयन अमेरिकालाई कस्तो बनाउने भन्ने निर्णय लिने क्षण हो, नोभेम्बर ८ मा हुने निर्वाचनमा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको पक्षमा मतदान गर्न देशवासीसँग आग्रह गर्दै भन्नुभयो ।
हामी सम्पूर्ण अमेरिकीको पक्षमा काम गर्ने नेतृत्व छान्दैछौँ वा निश्चित दिर्घाका मानिएका पक्षमा सोचविचारसाथ मतदान गर्नु जरुरी रहेको छ ।
ओबामाले सम्बोधनका क्रममा अमेरिकी सङ्घीय अनुसन्धान विभाग (एफबीआई) ले हिलारीका विरुद्धमा आरोपपत्र नलाने फैसला गरेकोसमेत बताउनुभएको थियो ।
हिलारी क्लिन्टनको पक्षमा बहस गर्दै राष्ट्रपतिले थप्नुभयो, हिलारीले हाम्रो अर्थतन्त्र विकासका लागि कसरी काम गर्ने भन्नेमा सोचविचारसहित अघि बढ्न सक्नुहुन्छ । उहाँ केही सीमित मान्छेको फाइदाका लागि अर्थतन्त्रलाई चलाउन नहुने पक्षमा हुनुहुन्छ ।
राष्ट्रपति ओबामाले अर्का उम्मेदवार ट्रम्पको नाम उच्चारण नगरिकनै उहाँमाथि प्रश्न गर्नुभयो, कुनै पनि झुट बहानाबाजीले देशलाई सुरक्षित बनाउन सक्दैन ।
हिलारी क्लिन्टन विगतको दुनियाबाट हात पछाडि खिच्न सकिँदैन भन्ने धारणा राख्नुहुन्छ र यो अमेरिकी नेतृत्वका लागि आवश्यक विषय हो ।
ओबामाले सन् २००८ मा अमेरिकी इतिहासमै पहिलो अश्वेत राष्ट्रपति बनेर नयाँ इतिहास रच्नुभएको थियो ।
यदि हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनुभएमा उहाँ पहिलो अमेरिकी महिला राष्ट्रपति बनेर अमेरिकी इतिहासमा सुनौलो अर्को इटा थपिनेछ ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति