काठमाडौँ, २३ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकहरुका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारको तुलनामा सुधार हुँदै गएको छ ।
उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन अस्पतालमा आयोजित पत्रकारसम्मेलनमा डा लव जोशीले महामन्त्री कोइरालाले अहिले आँखा खोल्ने र ‘चिन्नुभयो ? भन्दा टाउको हल्लाउने’ अवस्थामा पुग्नुभएको बताउनुभयो ।
आवश्यक थोरै औषधिका साथ भेन्टिलेसनमा राखिरहेका कारण खतरामुक्त भन्न नसकिने जानकारी गराउँदै डा जोशीले भन्नुभयो, “यही अवस्था रहिरहे एक¬ दुई दिनमा पुनः स्वस्थ अवस्थामा फर्कनुहुन्छ ।”
डा जोशीले यही अवस्थामा स्वास्थ्य सुधार हुँदै गए आज साँझसम्ममा भेन्टिलेटरबाट बाहिर निकाल्न सकिने जानकारी दिनुभयो । “तर हामी हतार गर्दैनौँ”, उहाँले भन्नुभयो ।
३० डिसेम्बरमा बीसीसी यूकेले तमु ल्होछार मनाउने, उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?