एडेन, २२ असार । यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित विमानस्थलमा रहेका सैनिक प्रमुख कार्यालयहरुमा सदिग्ध जिहादीहरुले बुधबार कब्जा गरेका छन् ।
साउदी अरेबिया समर्थित सरकार रहेको यस देशमा भएको यस सैन्य शिविर कब्जापछिको आक्रमणमा कम्ती १० जना सैनिकको मृत्यु भएको छ ।
सैनिकको पोशाकमा रहेका यी आतङ्ककारीहरुले गरेका दुई वटा बम आक्रमणमा कम्तीमा १० सैनिकको मृत्यु भएको छ । आक्रमणकारीहरु इस्लामिक स्टेट जिहादी समूहका रहेका जनाइएको छ ।
आक्रमणका क्रममा आतङ्ककारी र सैनिकबीच भएको दोहोरो गोली हानाहानमा ती सैनिकहरु मारिएका छन् ।
सैनिकले सैन्य शिविर घेरा लगाएपछि १५ देखि २० जनासम्मको सङ्ख्यामा आएका आतङ्ककारीहरुले दोहोरो गोली हानाहान गरेका बताइएको छ ।
यमनमा गत बर्षको मार्च महिनाबाट नै साउदी अरेबिया सरकारको सहयोगमा विद्रोही विरुद्ध हवाई आक्रमण सुरु भएको थियो ।
यमनका अल कायदा र अन्य आतङ्ककारी समूहलाई लक्ष्यगरी अमेरिकी चालकरहित ्िवमान (ड्रोन) पनि बारम्बार आक्रमण हुने गरेको छ । विद्रोहीलक्षित यस आक्रमणबाट सफलता पनि प्राप्त भएको बताइन्छ ।
मुसलमान समुदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको अवसरमा यो हमला भएको बताइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग