
काठमाडौं, २२ असार । आफ्नो क्षेत्रमा किन बढी बजेट पारेको भन्ने सांसद्को प्रश्नमा सम्बन्धित मन्त्रीले बजेट पुस्तक राम्रोसँग पढेर मात्र छलफलमा आउन आग्रह गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रममा केही मन्त्रीले सांसदले यथार्थलाई बढाइचढाइ गरेर प्रश्न राखेको टिप्पणी गर्नुभएको हो ।
वाणिज्य मन्त्री ः सो क्रममा वाणिज्यमन्त्री जयन्त चन्दले लगानी वृद्धि र उत्पादन वृद्धि गरी निर्यात बढाउने सरकारको नीति रहेको बताउनुभयो ।
विश्व व्यापार सङ्गठनको सदस्य भएको नाताले नेपालले त्यसले पारित गरेका व्यापार सहजीकरणसम्बन्धी प्रस्तावबाट फाइदा लिँदै व्यापारको विविधीकरणका लागि सरकार प्रयासरत रहेको जानकारी दिनुभयो ।
विज्ञान तथा प्रविधि मन्त्री ः विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले विज्ञान र प्रविधिसम्बन्धी नीति, २०६३ परिमार्जनको तयारी भएको तथा युवा वैज्ञानिकलाई देशभित्रै अध्ययन र अनुसन्धानको उचित वातावरण दिई यस क्षेत्रमा बजेट बढाउन र प्रतिभा पलायन हुन नदिने विश्वास दिलाउनुभयो ।
उहाँले सबै सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला दिन नसकिए पनि क्रमशः प्रविधिमूलक बनाउने योजना रहेको स्पष्ट गर्नुभयो ।
सरकारी निकायमा विद्युतीय हस्ताक्षरबाट कारोबार सञ्चालनको तयारी भएको पनि जानकारी दिनुभयो । मन्त्रीसँग प्रत्युत्तर माग्दै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एक विद्यालय ः एक विज्ञान प्रयोगशाला हुनुपर्नेमा जोड दिनुभएको थियो ।
जनसङ्ख्या तथा वातावरण मन्त्री ः जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले वातावरणमैत्री नीतिका लागि मन्त्रालयले चालेका प्रयासमा सांसदको सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री ः संस्कृति, पर्यटन तथा नागरिक उडड्यनले सरकारले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरी बुद्ध नेपालमा जन्मेका मात्र होइनन् बुद्ध दर्शनको उद्गमस्थल हो भन्ने मान्यतालाई स्थापित गरिएको अवगत गराउनुभयो ।
उहाँले मुलुकका महत्वपूर्ण ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना बनाइएको, सम्पदा पुनःनिर्माणको तयारी भएको, साहसी पर्यटकको सुरक्षा र सञ्चारका लागि सेटलाइन प्रणाली विकसित गरिने र दसवर्षे पर्यटन रणनीतिक योजना तयार भएको जानकारी दिनुभयो ।
उहाँले पोखरामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणका लागि चीनसँग सम्झौता भएको बताउनुभयो ।
मन्त्री पोखरेललाई प्रत्युत्तर माग्दै नेपाली काँग्रेसका रामहरि खतिवडाले चीनबाट ल्याइएको विमान किन घाटामा गएको हो भन्नुभयो । सोबारे मन्त्री पोखरेलले चीनबाट थप चार विमान ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
सिँचाइ मन्त्री ः सिँचाइमन्त्री उमेशकुमार यादवले ३६ लाख ४१ हजार हेक्टर कृषिका लागि योग्य रहे पनि ती भूमिमा आधुनिक कृषि प्रणालीबाट कृषि उत्पादन हुन नसकेको सन्दर्भमा सरकारले वर्षैभरि सिँचाइ सेवा विस्तारका लागि उचित वातावरण निर्माण गर्न प्रयासरत रहेको बताउनुभयो ।
उहाँले आफूले आफ्नो क्षेत्रमा बढी परियोजना पारेको भन्ने प्रश्नमा आधार नभएको तर्क गर्नुभयो ।
आपूर्ति मन्त्री ः आपूर्तिमन्त्री गणेशमान पुनले सरकारको नीति तथा कार्यक्रम र बजेटमा इन्धनको भण्डारण क्षमता वृद्धिका लागि आवश्यक प्रबन्ध गरिएको बताउँदै सोका लागि तीन क्षेत्रमा जग्गा प्राप्ति गरी कार्यारम्भ भएको जानकारी दिनुभयो ।
उहाँले महँगी, उपभोक्ता हित, कालोबजारी र अनुगमनका सम्बन्धमा सांसदले उठाएका प्रश्नमा आफू सचेत रहेको बताउँदै प्रदेशस्तरमा एकीकृत अनुगमन संयन्त्र बनाउन आवश्यक रहेको जनाउनुभयो ।
आपूर्तिको विविधिकरणको प्रवद्र्धनका लागि बजेट राखिएको, चीनसँगको इन्धन आपूर्तिका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । अन्य मन्त्रीले जवाफ दिने क्रम जारी छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने