चौतारा, २२ असार । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पुरयाएको छ ।
गएराति १० बजे एक्कासि नदीमा बाढी आएपछि लिपिङस्थित भन्सार यार्डमा राखिएका दुईवटा टिपर बगााउनुका साथै मध्य भोटेकोसी आयोजनाले बनाएको एउटा बेलीब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताउनुभयो ।
नदीमा बाढी आएपछि नदीका दायाँबायाँका धेरै भागमा क्षति पुरयाउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डको जम्बुमा ५० मिटर सडक कटान गरेको र विभिन्न ठाउँमा आएको पहिरोले यातायात ठप्प भएको छ । तातोपानी क्षेत्रमा पानी परिरहेको र चीन तर्फबाट बाढी आएकाले नदी बढेको हुन सक्ने प्रजिअ दुवाडीले बताउनुभयो ।
हालसम्म मानवीय क्षतिको जानकारी नआएको र विस्तृत विवरण आउन बाँकी रहेको छ । अहिले पानीको सतह घटेपनि सामान्यभन्दा डेढ मिटरमाथिबाट नदी बहेको प्रजिअ दुवाडीले जानकारी दिनुभयो ।
गएराति एक्कासि नदी बढेपछि तातोपानीदेखि सुकुटेसम्मको ६३ किलोमिटर क्षेत्रमा पर्ने नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क गराइएको सुरक्षा निकायले जानकारी दिएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान