
काठमाडौं, २२ असार । व्यवस्थापिका संसद्को आजको बैठकको शून्य समयमा सांसदले मुलुकका विभिन्न भागमा बाढीपहिरोका कारण प्रभावित जनतालाई राहत र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभएको छ ।
सांसदले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको भोटेकोसीमा बाढीका कारण आसपासका मानिस प्रभावित भएकोगोरखा, प्यूठानका विभिन्न ठाउँमा पहिरोबाट पीडित भएको जनाउँदै मृतक परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । उहाँहरुले बाँकेको सिक्टा सिंचाइ नहर भत्किँएको घटनाको छानबिन गर्न पनि माग गर्नुभयो ।
तत्पश्चात सभामुख ओनसरी घर्ती मगरले जनधनको क्षति र महिला हिंसाका सम्बन्धमा सांसदहरुले उठाउँदै आएको सन्दर्भमा सदनमा जवाफ दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभएको छ ।
केही सांसदले तराई–मधेस केन्द्रित दललाई अनशन छाडेर संसद्मै सङ्घर्ष गर्न र वार्तामा आउन आग्रह गर्नुभएको थियो भने केहीले सरकारले नाता र दाताका आधारमा न्यायाधीश तथा राजदूतको सिफारिस गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले पदीय जिम्मेवारी पूरा नसक्ने बताउनुभयो ।
केही सांसदले विदेश जाने मन्त्रीले आफूखसी मान्छे लगेको, सांसदहरु पनि त्यस्तोमा मुछिएको बारे छानबिन हुनुपर्ने माग गर्नुभयो । सांसदहरु अतृमतकुमार बोहरा, मोहनबहादुर बस्नेत, कृष्ण धिताल, परशुराम तामाङ, कमला विश्वकर्मा, डिल्लीप्रसाद काफ्ले, दुर्गा पौडेल, हरिचरण साह, चीनकाजी श्रेष्ठ, प्रकाश ज्वाला, बुँदराम थापा, रामहरि खतिवडा, कृष्णभक्त पोखरेलले शून्य समयमा भाग लिनुभएको छ ।
बैठकमा अहिले विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम प्रारम्भ भएको छ ।
सर्लाही-४ मा रास्वपाका सिंहसँग कांग्रेस सभापति थापा पराजित
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति