बेइजिङ, २१ असार । चीनको राजधानी बेइजिङ नजिकैको याङ्चे नदीमा आएको बाढीका कारण ११२ व्यक्ति हराइरहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
ती हराइरहेका व्यक्तिहरुको मृत्यु भएको पनि हुनसक्ने अनुमान गरिएको पनि समाचारमा जनाइएको छ ।
भारी बर्षापछि याङ्चे नदीमा आएको बाढीको कारण करिब एक करोड ६० लाख व्यक्ति प्रभावित भएको बताइएको छ ।
चीनको नागरिक मामिला मन्त्रालयले सो जानकारी दिएको छ । उक्त मन्त्रालयका अनुसार केही दिनयतादेखि जारी रहेको भारी वर्षा र त्यसका कारण आएको बाढीमा परी ११२ जना व्यक्ति मारिएका वा हराइरहेका छन् ।
बाढीको प्रकोप अझैपनि नघटेको र थप जनधनको क्षतिको आशङ्का गरिएको मौसम विज्ञानका अधिकारीले जनाएका छन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान