
काठमाडौँ, २१ असार । नयाँ शक्ति नेपाल, काठमाडौं महानगर परिषद्ले भूकम्प र नाकाबन्दीले आक्रान्त भइरहेको अवस्थामा काठमाडौँ महानगरपालिकाले स्थानीय कर र सेवा शुल्कमा गरेको वृद्धिको भत्र्सना गरेको छ ।
स्थानीय स्वायत्त शासन ऐनले काठमाडौँ महानरपालिकाको राजस्व र सेवा शुल्क निर्धारण गर्दा स्थानीय राजस्व परामर्श समिति गठन गरी सो समितिको प्रतिवेदन नगर परिषद्बाट पारित गर्नुपर्ने स्पष्ट प्रावधान हुँदाहुँदै अकस्मात् र अप्रत्याशित राजश्व दर र सेवा शुल्क वृद्धि गर्नु कानुनी राज्यको मान्यता विपरीत रहेको भन्दै परिषद्ले शुल्क वृद्धि फिर्ता गर्न माग गरेको छ ।
करको दायरामा आउने र नआउने दुबैले सेवा सुविधा समान उपभोग गर्ने तर कर तिरिरहेका व्यक्ति र संस्थालाई झन् बढी कर तिर्न लगाउने कुरा न्यायोचित नभएको परिषदका संयोजक शोभा वज्राचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । करको दायरामा नआएकासँग कर उठाउन नसक्नु महानगरपालिकाको व्यवस्थापकीय कमजोरी रहेको उहाँको आरोप छ । साथै परिषद्ले राजस्व दर र सेवा शुल्कबारे सर्वदलीय छलफल गरिनुपर्ने आवश्यकतालाई पनि औँल्याएको छ ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा