
काठमाडौँ, २१ असार । नयाँ शक्ति नेपाल, काठमाडौं महानगर परिषद्ले भूकम्प र नाकाबन्दीले आक्रान्त भइरहेको अवस्थामा काठमाडौँ महानगरपालिकाले स्थानीय कर र सेवा शुल्कमा गरेको वृद्धिको भत्र्सना गरेको छ ।
स्थानीय स्वायत्त शासन ऐनले काठमाडौँ महानरपालिकाको राजस्व र सेवा शुल्क निर्धारण गर्दा स्थानीय राजस्व परामर्श समिति गठन गरी सो समितिको प्रतिवेदन नगर परिषद्बाट पारित गर्नुपर्ने स्पष्ट प्रावधान हुँदाहुँदै अकस्मात् र अप्रत्याशित राजश्व दर र सेवा शुल्क वृद्धि गर्नु कानुनी राज्यको मान्यता विपरीत रहेको भन्दै परिषद्ले शुल्क वृद्धि फिर्ता गर्न माग गरेको छ ।
करको दायरामा आउने र नआउने दुबैले सेवा सुविधा समान उपभोग गर्ने तर कर तिरिरहेका व्यक्ति र संस्थालाई झन् बढी कर तिर्न लगाउने कुरा न्यायोचित नभएको परिषदका संयोजक शोभा वज्राचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । करको दायरामा नआएकासँग कर उठाउन नसक्नु महानगरपालिकाको व्यवस्थापकीय कमजोरी रहेको उहाँको आरोप छ । साथै परिषद्ले राजस्व दर र सेवा शुल्कबारे सर्वदलीय छलफल गरिनुपर्ने आवश्यकतालाई पनि औँल्याएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान