
पर्सा, २१ असार । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा वीरगन्जबाट पक्राउ परेका आठजना चिकित्सकलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
पर्सा जिल्ला अदालतको १ नम्बर बेन्चका माननीय न्यायाधीश महम्मद जुनैद आजातको इजलासले सोमबार चिकित्सकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा गत असार ३ गते वीरगन्जको विभिन्न स्थानबाट पक्राउ गरेका नौजनामध्ये आठजनालाई प्रहरीले पर्सा जिल्ला अदालतमा उपस्थित गराएकोमा आठजना चिकित्सकलाई धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकृत माधवप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँले अदालतले डा महम्मद रुहुल्लासँग रु ३५ लाख, डा रामकुमार प्रधानसँग रु सात लाख ७५ हजार, डा दिनेशकुमार साह तेलीसँग रु १८ लाख, डा कुशराज गिरीसँग रु चार लाख, डा इश्रादुल हकसँग रु तीन लाख ७५ हजार, डा पन्नालाल पटेलसँग रु १५ लाख, डा निमेश रमन पालसँग रु दुई लाख र डा सरोजकुमार सिंहसँग रु १० लाख बिगो बराबरको धरौटी माग गरेको बताउनुभयो ।
मुलुकी ऐन ११८ बमोजिम अदालतले चिकित्सकसँग धरौटी माग गरेको सूचना अधिकृत तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले धरौटीमा रिहा गरेको चिकित्सकले सेवा दिन पाउने कि नपाउने भन्नेबारे नेपाल मेडिकल काउन्सिलले निर्णय गर्ने बताउनुभयो ।
सिआइवीको टोलीले वीरगन्जबाट नियनत्रणमा लिएका नौ जनामध्ये आठ जनालाई पर्सा जिल्ला अदालत र एक जनालाई बारा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान