
पर्सा, २१ असार । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा वीरगन्जबाट पक्राउ परेका आठजना चिकित्सकलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
पर्सा जिल्ला अदालतको १ नम्बर बेन्चका माननीय न्यायाधीश महम्मद जुनैद आजातको इजलासले सोमबार चिकित्सकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा गत असार ३ गते वीरगन्जको विभिन्न स्थानबाट पक्राउ गरेका नौजनामध्ये आठजनालाई प्रहरीले पर्सा जिल्ला अदालतमा उपस्थित गराएकोमा आठजना चिकित्सकलाई धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकृत माधवप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँले अदालतले डा महम्मद रुहुल्लासँग रु ३५ लाख, डा रामकुमार प्रधानसँग रु सात लाख ७५ हजार, डा दिनेशकुमार साह तेलीसँग रु १८ लाख, डा कुशराज गिरीसँग रु चार लाख, डा इश्रादुल हकसँग रु तीन लाख ७५ हजार, डा पन्नालाल पटेलसँग रु १५ लाख, डा निमेश रमन पालसँग रु दुई लाख र डा सरोजकुमार सिंहसँग रु १० लाख बिगो बराबरको धरौटी माग गरेको बताउनुभयो ।
मुलुकी ऐन ११८ बमोजिम अदालतले चिकित्सकसँग धरौटी माग गरेको सूचना अधिकृत तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले धरौटीमा रिहा गरेको चिकित्सकले सेवा दिन पाउने कि नपाउने भन्नेबारे नेपाल मेडिकल काउन्सिलले निर्णय गर्ने बताउनुभयो ।
सिआइवीको टोलीले वीरगन्जबाट नियनत्रणमा लिएका नौ जनामध्ये आठ जनालाई पर्सा जिल्ला अदालत र एक जनालाई बारा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण