बग्दाद, २० असार । इराकको राजधानी बग्दादमा आइतबार भएको बम आक्रमणमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २०० नाघेको छ ।
यसअघि आइतबार बिहान सबेरै भएको हमलामा ११९ जनाको ज्यान गएको जनाइएको थियो । सो हत्यापछि सरकारले सोमबारदेखि तीन दिनसम्मका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।
इराकी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार उक्त क्षेत्रमा भएको बम हमलामा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २१३ पुगेको हो ।
आइतबारको आत्मघाती कारबम आक्रमणमा परी घाइते हुनेको सङ्ख्या पनि २०० जना भन्दा बढी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हमलाको जिम्मेवारी इस्लामिक स्टेट्स, (आइएस) ले लिएको छ ।
राजधानी बग्दादमा यस बर्षमा भएका यस्ता हिंसात्मक आक्रमणहरुमा यो सबैभन्दा भीषण आक्रमण भएको बताइएको छ । यस आक्रमणलाई हिंस्रक एवम् भीषण प्रकृतिको भनी सरकारी अधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।
हमलाको जिम्मेवारी इस्लामिक स्टेट्स, आइएसले लिएको छ । राजधानी बग्दादमा यस बर्षमा भएका यस्ता हिंसात्मक आक्रमणहरुमा यो सबैभन्दा भीषण आक्रमण भएको बताइएको छ । गत हप्तामात्र पनि बग्दादमा भएको हमलामा परी २१ जनाको ज्यान गएको थियो ।
यस आक्रमणप्रति निन्दागर्दै इराक सरकारले सोमबारदेखि तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । इराकी प्रधानमन्त्रीले सोमबार बिहान सो घोषणा गर्नुभएको हो । साथै प्रधानमन्त्री हादीले आफूले ती हत्यारालाई कानुनी कारबाहीको दायरामा जसरी पनि ल्याएरै छोड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
यस आक्रमणमा परी थप कम्तीमा पनि १८० जना व्यक्ति घाइते भएका प्रहरीले सोमबार जानकारी दिएको छ । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको इराकी स्वास्थ्य मन्त्रालयले बताएको छ ।
राजधानी बग्दादको नजिकै पर्ने कर्रादा जिल्लामा रहेको सडकमा यस्तो हमला गरिएको हो । कारमा शक्तिशाली बम जडान गरी कार चालकले आत्मघाती रुपमा विस्फोट गराएको हो ।
मुसलमान समूदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको लागि धेरै सर्वसाधारण व्यक्ति किनमेलका लागि व्यस्त भएको स्थानलाई लक्ष्य गरेर सडकमा सो विस्फोटन गराइएको थियो ।
इराकको फल्लुजा सहर आइएस लडाकू समूहबाट पूर्ण रुपमा इराकी बलले नियन्त्रणमा लिएको एक हप्तापछि यो भीषण आक्रमण भएको बताइएको छ । फल्लुजा इराकको राजधानी बग्दादबाट ५० किलोमिटर पश्चिममा पर्दछ ।
इराकका सरकार विरोधी लडाकूहरुले सन् २०१४ को सुरुबाट नै इराकको फल्लुजा सहर कब्जा गर्दै आएका थिए । फल्लुजा सहर आइएस आतङ्ककारी समूहको एक बलियो प्रभाव रहेको सहरको रुपमा रहेको थियो ।
इराकी सुरक्षाबलले गत मे महिनाबाट सो सहर पुनः नियन्त्रणको लागि सुरु गरेको कारबाहीपछि गत हप्ता सुरक्षाबलले नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री हैदरले राजधानी बग्दादको सुरक्षा व्यवस्थामा आमूल परिवर्तन गरिने जानकारी दिनुभएको छ ।
उहाँले सुरक्षामा सुधारको प्रक्रिया सुरु भइसकेको पनि सो सम्बोधनका क्रममा सोमबार बिहान नै जानकारी दिनुभयो ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा