बग्दादमा मृत्यु हुने २१३, तीन दिन राष्ट्रिय शोक

शोकाकुल परिवार, तस्विरः एएफपी

शोकाकुल परिवार, तस्विरः एएफपी

बग्दाद, २० असार । इराकको राजधानी बग्दादमा आइतबार भएको बम आक्रमणमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २०० नाघेको छ ।

यसअघि आइतबार बिहान सबेरै भएको हमलामा ११९ जनाको ज्यान गएको जनाइएको थियो । सो हत्यापछि सरकारले सोमबारदेखि तीन दिनसम्मका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।
इराकी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार उक्त क्षेत्रमा भएको बम हमलामा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २१३ पुगेको हो ।

आइतबारको आत्मघाती कारबम आक्रमणमा परी घाइते हुनेको सङ्ख्या पनि २०० जना भन्दा बढी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हमलाको जिम्मेवारी इस्लामिक स्टेट्स, (आइएस) ले लिएको छ ।

राजधानी बग्दादमा यस बर्षमा भएका यस्ता हिंसात्मक आक्रमणहरुमा यो सबैभन्दा भीषण आक्रमण भएको बताइएको छ । यस आक्रमणलाई हिंस्रक एवम् भीषण प्रकृतिको भनी सरकारी अधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री