लन्डन । गायक प्रमोदराज न्यौपानेको पहिलो गीति एल्बम ‘मेरो घरको छानो’ लन्डनमा विमोचन गरिएको छ । जुन २६ तारिख आइतबार उलवीचस्थित ट्रामसेड थिएटरमा एक समारोहबीच एल्बम विमोचन गरिएको हो । गायिका सितु खरेल, कुमार श्रेष्ठ, यादव भण्डारी, सनम बैराग, कुशल श्रेष्ठ, दीपक श्रेष्ठ, विनोद ज्ञवाली, संगिता मरहट्ठा, मनिष श्रेष्ठ, ललित न्यौपाने लगायत १४ जना विभिन्न क्षेत्रका व्यक्तित्वले संयुक्त रुपमा एल्बम विमोचन गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले विमोचन कार्यक्रम गरेको हो ।
सागर किनारको संगीत र युरानका शब्द रहेको उक्त एल्बममा पश्चिमी, आधुनिक तथा लोक शैलीका ७ गीत संग्रहित छन् । एल्बमका केही गीत राष्टिय भावनाले ओतप्रोत छन् । एल्बमको बजार व्यवस्थापन भाइब्स् क्रियसनले गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश
खपांगीमगरले शुभकामना दिंदै यसअघि पत्रकारका रुपमा परिचय बनाएका न्यौपाने अब गायकका रुपमा प्रस्तुत हुंदा खुशी लागेको बताए । गायिका सितु खरेल, संगिता मरहट्ठा, ललित न्यौपाने, मनिष श्रेष्ठ आदिले शुभकामना मन्तव्यका क्रममा प्रवासमा संगीत साधना आफैंमा सहज नभएको परिप्रेक्ष्यमा न्यौपानेको यो प्रयास प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा गायक न्यौपानेले आफ्ना केही गीत प्रत्यक्ष गाएर सुनाए भने उनको गीतमा स्थानीय कलाकारहरुले नाच समेत प्रस्तुत गरे ।
पूर्व मिस यूके नेपाल दुर्गा गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा भूषण दाहाल निर्देशित शीर्ष गीतको म्यूजिक भिडियो प्रदर्शन गरियो । उक्त अवसरमा क्यानडा रहेका संगीतकार सागर किनार, नेपालमा रहेका रचनाकार युरान र भाइब्स क्रियसनका प्रवन्ध निर्देशकको भिडियो सन्देश समेत देखाइएको थियो । सागर किनार र युरान गायक न्यौपानेका दाजुभाइ हुन् ।
७ वर्षदेखि बेलायत बस्दै आएका गायक न्यौपाने नेपाल छंदा अध्यापक, रेडियो प्रस्तोता तथा संगीत शिक्षक थिए । अंग्रेजी साहित्यमा स्नातकोत्तर न्यौपानेले वरिष्ठ संगीतकार प्रकाश गुरुङबाट ४ वर्ष संगीत प्रशिक्षण लिएका थिए । विसं. २०५१ मा रेडियो नेपालबाट स्वर परीक्षा उत्तिर्ण गरेका उनको बेलायत आउनुअघि झण्डै एक दर्जन गीत रेकर्ड भइसकेका थिए ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति