लन्डन । बेलायतको स्वीन्डन आधार क्षेत्र बनाएर एउटा नयां संस्था हिमालयन मनोरन्जन समूह स्थापना भएको छ । नेपाली कला, संस्कृति जगेर्ना साथै प्रवर्धन गर्ने उद्देश्यसहित खोलिएको उक्त संस्थामा ज्ञान गुरुङ, यम प्रसाद गुरुङ, भुवन गुरुङ, मिलन गुरुङ, खगेन्द्र कुमार गौचन र राजन कुमार क्षेत्री गरि ६ जनाको संलग्नता छ ।
उक्त समूहले नेपालमा विभिन्न विद्यामा समर्पित कलाकारहरु बेलायत झिकाइ कार्यक्रम गरेर त्यसबाट बचेको रकम नेपालमा सामाजिक क्षेत्रमा लगाउने सोच राखेको क्षेत्रीले बताए ।
हिमालय मनोरन्जन समूहको पहिलो कार्यक्रम यही जुलाई २४ तारिखमा हुंदैछ । उक्त कार्यक्रममा स्थापित कलाकारहरु सन्दिप क्षेत्री (हांस्यब्यङय), धर्मेन्द्र सेवान (आधुनिक तथा पप गायक), श्रेया सोताङ (आधुनिक गायिका) रिश्मा गुरुङ (नायिका तथा नृत्यांगना) बेलायत आउने तय भएको छ । ति कलाकारहरुको पहिलो कार्यक्रम स्वीन्डनस्थित वाइभन थिएटरमा जुलाइ २४ तारिख आइतबार हुनेछ भने २९ तारिख उलवीच लन्डन, ३० तारिख रेडिङ र ३१ तारिखमा अल्डरसटस्थित द किङ्स सेन्टरमा हुने भएको छ ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक