लन्डन । बेलायतको स्वीन्डन आधार क्षेत्र बनाएर एउटा नयां संस्था हिमालयन मनोरन्जन समूह स्थापना भएको छ । नेपाली कला, संस्कृति जगेर्ना साथै प्रवर्धन गर्ने उद्देश्यसहित खोलिएको उक्त संस्थामा ज्ञान गुरुङ, यम प्रसाद गुरुङ, भुवन गुरुङ, मिलन गुरुङ, खगेन्द्र कुमार गौचन र राजन कुमार क्षेत्री गरि ६ जनाको संलग्नता छ ।
उक्त समूहले नेपालमा विभिन्न विद्यामा समर्पित कलाकारहरु बेलायत झिकाइ कार्यक्रम गरेर त्यसबाट बचेको रकम नेपालमा सामाजिक क्षेत्रमा लगाउने सोच राखेको क्षेत्रीले बताए ।
हिमालय मनोरन्जन समूहको पहिलो कार्यक्रम यही जुलाई २४ तारिखमा हुंदैछ । उक्त कार्यक्रममा स्थापित कलाकारहरु सन्दिप क्षेत्री (हांस्यब्यङय), धर्मेन्द्र सेवान (आधुनिक तथा पप गायक), श्रेया सोताङ (आधुनिक गायिका) रिश्मा गुरुङ (नायिका तथा नृत्यांगना) बेलायत आउने तय भएको छ । ति कलाकारहरुको पहिलो कार्यक्रम स्वीन्डनस्थित वाइभन थिएटरमा जुलाइ २४ तारिख आइतबार हुनेछ भने २९ तारिख उलवीच लन्डन, ३० तारिख रेडिङ र ३१ तारिखमा अल्डरसटस्थित द किङ्स सेन्टरमा हुने भएको छ ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची