
दशरथ रङ्गशालामा आइतबार मध्याह्न नयाँ शक्ति नेपालको उद्घाटनअघि बबरमहलबाट सुरु भएको पदयात्रा । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३० जेठ । नयाँ शक्ति नेपालले पार्टी स्थापनाको औपचारिक घोषणा गरेको छ ।
स्थानीय दशरथ रङ्गशालामा आयोजित एक समारोहका बीच नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले पार्टी सदस्यलाई सपथ खुवाउँदै नयाँ शक्ति घोषणा गर्नुभएको हो ।
पार्टी घोषणा कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापा तथा भारत, चीन, बङ्गलादेश सहित विभिन्न अन्तर्राष्ट्रिय निकाय प्रतिनिधिको सहभागिता छ ।
त्यसैगरी नागरिक समाज, मानवअधिकारकर्मी, व्यवसायी, पत्रकार आदिको पनि उपस्थिति छ । उद्घाटनअघि विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । माओवादी केन्द्रका नेता महरा, नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षित, नयाँ शक्तिका रामचन्द्र झा लगायतले सम्बोधन गर्दै नयाँ शक्तिले देशको आर्थिक समृद्धिको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । विस्तृत समाचार पछि । रासस
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?