काठमाडौँ, २३ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको सहज कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र तराई–मधेसमा देखिएको समस्या समाधानका लागि राष्ट्रिय एकता खाँचो रहेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दोस्रो महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राष्ट्रिय समस्या समाधानका लागि सबै दल एकै ठाउँ आउनुको विकल्प नभएको बताउनुभयो ।
मुलुकका सामु प्रगति गर्ने ऐतिहासिक अवसर रहेको भन्दै उहाँले यो सुवर्ण मौका नफाल्न र दलगत स्वार्थमाा अड्केर राष्ट्रिय आवश्यकता र चाहनालाई भूल्ने काम कोही कसैबाट पनि हुन नहुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “मुलुकलाई आर्थिक, राजनीतिक, सांस्कृतिक रुपमा समुन्नत बनाउने महान सम्भावनाको डिलमा हामी रहेका छौँ । यो बेलामा दलगत स्वार्थले केही हुँदैन राष्ट्रिय स्वार्थमा सबै एकताबद्ध हुनुपर्छ ।”
मुलुक सम्भावनामात्रै होइन असाध्यै अप्ठ्यारो अवस्थामा पनि रहेको भन्दै उहाँले राष्ट्रको स्वाधीनता र एकता नै खल्बलिन सक्ने खतराविरुद्ध लड्न पनि सबैको एकमत रहनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय एकतालाई समृद्ध बनाउन नसकेको शान्ति प्रक्रिया पनि अगाडि बढ्न नसक्ने लामो समय द्वन्द्व कायम रहन सक्ने अवस्था रहने उल्लेख गर्दै अध्यक्ष दाहालले सबैको सहमति नभएको भए संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा पनि हुन सक्दैन थियो भन्नुभयो ।
आफूले नै केपी ओलीलाई प्रस्ताव गरेर हिजोको सहमतिका आधारमा प्रधानमन्त्रीका रुपमा अगाडि बढाएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो– “पद र प्रतिष्ठाभन्दा पनि राष्ट्रिय विषय नै प्रमुख आवश्यकता हो । हामीलाई चाहिएको पद होइन, राष्ट्रको एकता हो, समृद्धि हो । त्यो दिशामा प्रधानमन्त्रीको पनि भूमिका हुनुपर्छ र हुन्छ ।”
संविधानलाई कार्यान्वयन हुन नदिने कागजको खोस्टा बनाउने प्रयत्न जारी रहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले मधेसलगायतका समस्या समाधानका लागि पनि राष्ट्रिय एकताको खाँचो रहेको स्पष्ट पार्नुभयो ।
मुलुकमा पुँजीको दुःख नरहेको भन्दै उहाँले पुँजीको ठीक परिचालन, लगानीमैत्री वातावरण र सामाजिक न्याय श्रममैत्री वातावरण बनाउन सकिए धेरै प्रगति गर्न सकिने उहाँको कथन थियो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता लेखराज भट्ट, सङ्गठनका अध्यक्ष कृष्ण आचार्यलगायतले राष्ट्रिय समस्या समाधान गर्दै आर्थिक समृद्धिका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने