शुक्रबार, कार्तिक १४ २०७७ | Fri, October 30, 2020
नेपालको समय: २१:१६ | UK Time: 15:31

लिगलिग दौड २३ जुलाईमा

वीनेपाली
२०७३ जेठ २३ गते १०:३२
समाजको पृथ्वी जयन्ती कार्यक्रम पनि चर्चित छ

समाजको पृथ्वी जयन्ती कार्यक्रम पनि चर्चित छ

लन्डन । गोर्खाली समाज यूकेले यस वर्षको लिगलिग दौड आगामी २३ जुलाईका दिन गर्ने भएको छ । कन्नट स्कुल अल्डरसटको मैदानमा खेल हुन लागेको हो । २ हजार मिटरको उक्त म्याराथन ऐतिहासिक लिग लिग दौडको सम्झनामा गर्न लागिएको समाजको भनाइ छ ।

समाजको वार्षिक समर कार्यक्रम अन्तर्गत बीबीक्यूसहित दौड गर्न लागिएको समाजका महासचिव अशोक ढकालले जनाएका छन् । दौडमा सहभागिताका लागि समाजले १५ जुलाई अघि नै नाम दर्ता गर्न समस्त संघसंस्थामा आव्हान गरेको छ ।

धिरज गुरुङले कार्यक्रमको संयोजन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक