काठमाडौँ, १ जेठ । मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) पार्टी अन्ततः विभाजित भएको छ ।
पार्टीका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा आज पार्टीको जनवर्गीय सङ्गठनको कार्यालय कुपण्डोलमा उहाँ पक्षधर केन्द्रीय सदस्यको छुट्टै केन्द्रीय समितिको बैठक बसेपछि सो पार्टी फुटेको हो ।
बैठकले थापाको नेतृत्वमा एकीकृत नेकपा (माओवादी) सँग वार्ता गर्न छ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
वार्ता टोलीमा स्थायी समितिका महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ, प्रवक्ता भुसाल, स्थायी समिति सदस्य कुलप्रसाद केसी र हितमान शाक्य रहनुभएको छ ।
टोलीले एकताका लागि तय गरिएका १६ बुँदाका आधारमा एमाओवादीसँग वार्ता गर्नेछ । प्रवक्ता भुसालले आजको बैठकमा ११४ केन्द्रीय सदस्य उपस्थित रहेको बताउनुभयो । हाल सो पार्टीको १९९–सदस्यीय केन्द्रीय समिति रहेको छ ।
अध्यक्ष वैद्य, उपाध्यक्ष सिपी गजुरेललगायतका नेता भने एकता प्रक्रियाको विपक्षमा रहेका छन् ।
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी