काठमाडौँ, १ जेठ । मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) पार्टी अन्ततः विभाजित भएको छ ।
पार्टीका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा आज पार्टीको जनवर्गीय सङ्गठनको कार्यालय कुपण्डोलमा उहाँ पक्षधर केन्द्रीय सदस्यको छुट्टै केन्द्रीय समितिको बैठक बसेपछि सो पार्टी फुटेको हो ।
बैठकले थापाको नेतृत्वमा एकीकृत नेकपा (माओवादी) सँग वार्ता गर्न छ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
वार्ता टोलीमा स्थायी समितिका महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ, प्रवक्ता भुसाल, स्थायी समिति सदस्य कुलप्रसाद केसी र हितमान शाक्य रहनुभएको छ ।
टोलीले एकताका लागि तय गरिएका १६ बुँदाका आधारमा एमाओवादीसँग वार्ता गर्नेछ । प्रवक्ता भुसालले आजको बैठकमा ११४ केन्द्रीय सदस्य उपस्थित रहेको बताउनुभयो । हाल सो पार्टीको १९९–सदस्यीय केन्द्रीय समिति रहेको छ ।
अध्यक्ष वैद्य, उपाध्यक्ष सिपी गजुरेललगायतका नेता भने एकता प्रक्रियाको विपक्षमा रहेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा