
२५६० औं बुद्ध जयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी मूल समारोह समितिको बैठकमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओली । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६०औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धसम्बन्धी भएका भ्रम चिर्न सफल हुने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा २५६०औँ बुद्ध जयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मूल समारोह समितिको आजको बैठकमा उहाँले बुद्धसम्बन्धी भएका भ्रमहरुलाई चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो–“बुद्धसम्बन्धी कताकति भ्रम छ, त्यो कम प्रचार भएर भएको हो, अन्तर्राष्ट्रिय जगत्सहितको सम्मेलनले भ्रम चिर्न मद्दत गर्छ र बुद्ध र बुद्ध दर्शन नेपालबाट सुरु भएको प्रमाणित गर्छ ।”
सिद्धार्थ गौतमले एकैपटक परिवार, दरबार र श्रीपेच छाड्नसक्नु बुद्धत्व प्राप्तबाट भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “असाधारण साहसिक, लोभ, मोह त्याग गर्न सक्नु ज्ञान प्राप्त नगरी सम्भव हुने थिएन ।”
प्रधानमन्त्री ओलीले बुद्धजयन्ती र अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन मनाउन सिङ्गो नेपाल उत्साहित भइरहेको र राजनीतिज्ञ, सरकारी उच्च अधिकारी, धार्मिक संस्थाहरु सबैको एक्यबद्धता रहेको बताउनुभयो ।
नेपाल बुद्ध दर्शनको इतिहास थलोमात्र नभएर बुद्धका तीन सम्प्रदाय पनि नेपालबाटै सुरु भएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले गौतम बुद्धको जन्मभूमि लुम्बिनी नै भएको हुनाले बुद्धजयन्ती लुम्बिनीमै मनाउने र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भने काठमाडौँमा गर्न लागेको जानकारी दिनुभयो ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएकाले नेपाल बौद्ध दर्शनको मुहान भएको पुष्टि सम्मेलनले गर्ने बताउनुभयो ।
उहाँले गौतम बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएका भन्ने सच्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा पत्राचारसमेत गरिसकेको र दक्षिण कोरियाले बुद्ध भारतमा जन्मिएको भन्ने शब्द हटाएर नेपालमा जन्मिएको कुरा उल्लेख गरेको समेत जानकारी दिनुभयो ।
बैठकमा सहभागीहरुले गौतम बुद्ध नेपाल नभई अन्य देशमा जन्मिएको भन्ने कुरा प्रचार प्रसारको कमीका कारण भएको र ऐतिहासिक सम्मेलनले बुद्धसम्बन्धी सम्पूर्ण भ्रम अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
“लुम्बिनी, नेपाल ः भगवान् बुद्धको जन्मस्थल तथा दर्शनको उद्गमस्थल” भन्ने नाराका साथ आगामी जेठ ७ र ८ गते अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँमा तथा २५६० औँ बुद्धजयन्ती समारोह लुम्बिनीमा जेठ ८ गते मनाइने भएको हो ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको ५०१ मूल समारोह समितिको बैठकमा मूल समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै सम्मेलनमा १३ देशका संस्कृति मन्त्रीहरु आउने जानकारी दिनुभयो ।
साथै, सम्मेलनका लागि १३ वटा उपसमितिहरु निर्माण गरिएको छ । सम्मेलनमा १८ विदेशी र छ नेपाली गरी २४ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा