लन्डन । रत्न आश्रमको सहयोगार्थ शनिबार सांझ लन्डनमा एक च्यारिटी डिनर कार्यक्रम गरिएको छ ।
लन्डन साउथह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा कार्यक्रम भएको हो । समाजसेवी मन सुनुवारले सञ्चालन गरेको दमक ९ झापास्थित रत्न आश्रमका लागि सहयोग जुटाउन आयोजित उक्त च्यारिटीमा वेल्स्, डाटफोर्ड, बेजिङस्टोकसम्मबाट मनकारी नेपाली सहभागी थिए । पवित्र उद्देश्यका लागि अन्य समुदायका अतिथी पनि कार्यक्रममा सहभागी थिए ।
आश्रममा हाल ४ जनाले वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । ति वृद्धवृद्धालाई स्वास्थ्यपचार देखि खाना, बस्न लगायत सम्पूर्ण खर्च मन सुनुवारले नै बेहोरेकी छिन् ।
कार्यक्रमलाई जुनकिरी इनिसिएटिभ, मिसन टु हेल्प नेपाल, वेम्ली महिला मगर संघ र नेपलिज नर्सिङ एसोसिएसन यूकेले पूर्ण सहयोग गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी वृद्ध टिकाधन राईले रत्न आश्रमको उद्देश्य प्रशंसनीय भएको जनाउंदै बेलायतवासी सहयोगीप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा पारिका आलेले रत्न आश्रमको उद्देश्य र गतिविधिबारे जनाइन् भने सञ्चालिका मन सुनुवारले सहयोगी सबैप्रति आभार व्यक्त गरेकी थिइन् ।
लक्ष्मी राई (लारा) र शशी थापा सुब्बाले सञ्चालन गरेको उक्त कार्यक्रममा रस्मिता दर्लामी, बिनोद सिम्खडा, पारिका आले, प्रसुना कंडेल, यमुना घले, सुनिता गौतम, शशी थापा सुब्बा लगायतले आकर्षक नृत्य प्रस्तुत गरे भने सुनिल बुढाथोकीले मुक्तक, दीपक थापा र दीप्ता थापाले गायन र लक्ष्मी राई (लारा) ले कविता प्रस्तुत गरेका थिए । आयोजकले सहयोगीहरुलाई सम्मान गरेका छन् ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस