लन्डन । नेपालमा भूकम्प गएको एक वर्ष पुगेको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । शनिबार ट्रिनिटी कलेज डब्लिनमा भएको उक्त सम्मेलनको आयोजना नेपाली दूतावास लण्डन, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीथआउट बोडर्स आयरल्याण्डले गरेका थिए ।
सर्वसाधारणका लागि खुला गरिएको सो सम्मेलनमा भूकम्पपछि नेपाल घुम्न जान चाहनेहरुका लागि सल्लाह र सूचना प्रवाह गरिएको थियो । यस्तै भूकम्पपछि पुनर्निर्माण, संयुक्त योजना सञ्चालन र सञ्जाल विस्तारका बारेमा सम्मेलन केन्द्रित गरिएको थियो । सो सम्मेलन आयरल्याण्डमा रहेका गैर सरकारी संस्था र व्यक्तिहरुका बीचमा सूचना आदानप्रदान गर्ने, सञ्जाल बनाउने र अन्तरक्रिया गर्ने थलो बनेको थियो ।
गत अगष्टमा आयरल्याण्डमा कार्यरत नेपाली संस्थाको सञ्जाल बनाइ नेपाल भूकम्प सम्मेलन आयोजना गरिएको थियो ।
आयरल्याण्डका लागि समेत कार्यबाहक राजदूत रहेका तेजबहादुर क्षेत्रीले सो सम्मेलन आयरल्याण्डका लागि मात्र नभएर युरोपकै लागि विभिन्न संस्थाहरुले श्रोत, ज्ञान र अनुभवहरुलाई एकसाथ ल्याउन उपयोगी थलो हुने बताए । यस्ता अनुभवबाट नेपालमा सामाजिक आर्थिक विकासका परियोजना सञ्चालन गर्नका लागि महत्वपूर्ण सहयोग गर्ने उनको भनाइ थियो ।
आयरल्याण्डका इन्टरनेशनल ट्रेड एण्ड डेभलप्मेन्ट पूर्व मन्त्री जो कोस्टेलोले आयरल्याण्डले भूकम्पका बेला उल्लेख्य सहयोग गरेको जनाउंदै सर्वदलीय संसदीय समिति गठन गर्ने, नेपाल भ्रमणमा आयरल्याण्डले लगाइरहेको आंशिक प्रतिबन्ध हटाउन र नेपाललाई आयरल्याण्डको सहयोग प्राथमिकतामा राख्न पहल गराउने बताए ।
नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष तथा आयरल्याण्डका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि दिपेशमान शाक्यले नेपालका बारेमा चासो राख्नेहरुका लागि सो सम्मेलन महत्वपूर्ण भएको बताए । उनले आयरल्याण्डले नेपालमा भूकम्प गएको बखत धेरै मद्दत गरेको र बर्षेनी उल्लेख्य संख्यामा पर्यटक नेपाल जाने गरेको बताए ।
सम्मेलनमा नेपालमा काम गरिरहेका २५ जना प्रतिनिधिले आफ्ना अनुभव र भावी कार्यक्रमबारे बोलेका थिए । साथै, बेलायतका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि पशुपति भण्डारी, डा. कपिल रिजाल, डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि सोम सापकोटाले भूकम्पको अनुभव सांटेका थिए ।
कार्यक्रममा काठमाण्डौं किचेनका नबराज कोइराला र गणेश प्रसाईंले नेपाली खाना प्रवन्ध गरेका थिए । आयरल्याण्ड लन्डनस्थित नेपाली दूतावासले नै हेर्छ भने त्यहां करिब ४ हजार नेपाली छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो