बेलायतमा नेपाली रेष्टुरेन्टको इतिहास कोट्याउंदा कालुराम तामाङ कहिल्यै छुट्दैनन् । उनी बेलायतस्थित समस्त नेपाली सेफ र रेष्टुरेन्ट सञ्चालकहरुका लागि एउटा प्रेरणा श्रोत पनि हुन् । नेपाली खानालाई बेलायतमा चिनाउन उनको योगदान सबैले स्मरण गरिरहन्छन् ।
सन् १९६८ मा लन्डन ओर्लिए उनी । लन्डन आएर चार दशक निरन्तर सेफ भए कालुराम तामाङ । त्यो जमाना एक भारतीय व्यापारी नेपाली सेफ खोज्न काठमान्डू गएका थिए । भारतीयले कालुरामलाई भेटे न्यूरोड ग्रीन होटलमा । ती व्यापारीले लन्डनमा आफूलाई सेफ चाहिएको कुरा गरेर लन्डन जान प्रस्ताव राख्यो । होटलमा सेफकै काम गरिरहेका तामाङसंग अनुभव पर्याप्त थियो, अंग्रेजी भाषाको पनि समस्या थिएन । लन्डन जस्तो सपनाको शहरमा नआउने कुरै थिएन ।
सेन्ट्रल लन्डनस्थित क्वालिटी रेष्टुरेन्टमा सेफ भएर काम गर्ने भारतीयको प्रस्ताव कालुरामले सहर्ष स्वीकारे । त्यो लटमा उनीसहित ग्रीन होटलमै काम गर्ने अरु दुई जना पनि आए कृष्णबहादुर थापा र श्याम महर्जन ।
क्वालिटीमा काम गर्न तीन वर्षको सम्झौता गरेर लन्डन आएका तामाङले त्यहां झण्डै ५ वर्ष काम गरेपछि आफैंले किने उक्त रेष्टुरेन्ट । सन् १९७३ तिर लक्ष्मण थापा र जयकृष्ण तामाङसंग पार्टनरसीपमा रेष्टुरेन्ट किनेका थिए कालुरामले । करिब ५ वर्षजति क्वालिटी रेष्टुरेन्ट चलाएपछि उनीहरुले त्यो छाडेर ह्यामरस्मिथमा रहेको अर्को रेष्टुरेन्ट ‘लाइट अफ नेपाल’ किने । उक्त रेष्टुरेन्टमा कालुरामसहित लक्ष्मण थापा, मदन थापा, ध्रुव केसी र जयकृष्ण तामाङको साझेदारी थियो । त्यो रेष्टुरेन्ट करिब ३२ वर्ष चलाए तामाङले ।
सन् २००७ पछि रिटायर्ड लाइफ बिताइरहेका ७३ वर्षीय तामाङ रेष्टुरेन्टका कुरा आउंदा अझै जोसिन्छन् । ‘हाम्रो पालामा त अहिले जस्तो रेष्टुरेन्ट पनि थिएनन् र नेपाली पनि’, वेम्ली तन्दुरी रेष्टुरेन्टमा एकदिन भेटिएका उनले
पुरानो कहानी सुनाए, ‘नेपालीहरु भेट्न त दूतावासमा कार्यक्रम नै हुनुपथ्र्यो । कतिपय पार्टीमा नेपाली थोरै भएर अरु विदेशी पाहुना लैजानु पथ्र्यो । यती एसोसिएसनले गर्ने कार्यक्रम पनि जमघटको एउटा बहाना बन्थ्यो ।’
त्यतिबेला विशेषगरि नेपाली डाक्टरहरु मात्र थिए बेलायतमा ।
बेलायतमा अहिले नेपाली रेष्टुरेन्ट र नेपाली जनसंख्या वृद्धि भइरहेकामा खुशी लाग्छ उनलाई । नेपाली खाना ब्रिटिशहरुको रोजाइमा पर्दै गएको खवर बेला बेला सुन्दा उनी पनि दंग पर्छन् ।
‘ब्रिटिशले हाम्रै पालादेखि नेपाली नागरिक र खाना भनेपछि इज्जत गर्थे’, उनी विगत सम्झन्छन्, ‘अहिले जस्तो इमिग्रेसन समस्या पनि थिएन, रेष्टुरेन्ट पनि अति बिजी हुन्थ्यो ।’
कालुरामलाई नेपालको याद आइरहन्छ तर झण्डै ४८ वर्ष लन्डनमा बिताइसकेकाले अब नेपाल फर्कने सोच दिमागमा आएको छैन् । उनका तीन दाजुभाई, बहिनी र परिवार सबै यतै छन् । उनी खास हेटौंडाका बासिन्दा हुन् ।
आफ्नो रिटायर्ड लाइफमा पनि उनी रेष्टुरेन्ट त्याग्न सकेका छैनन् । उनी काम गर्दैनन् तर अहिले छोराले चलाइरहेको वेम्ली तन्दुरी रेष्टुरेन्टमा नियमित जसो आएर परिवारलाई सुझाव सल्लाह चाहिं दिइराख्छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान