लन्डन । लन्डनमा अध्ययनरत सृजना गौतमले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै दोश्रो स्थान हांसिल गरेकी छिन् । एसीसीएका कार्यकारी निर्देशक (स्ट्रयाटेजी एण्ड डेभलप्मेन्ट) एलन ह्याटफिल्डले गत मार्च २०१६ मा लिइएको परिक्षामा विश्वमै दोश्रो उत्कृष्ट नतिजा ल्याएर सिर्जनाले रजत पदक, नगद पुरस्कार र मेरिट सर्टिफिकेट प्राप्त गर्ने जनाउंदै बधाइ दिएका छन् । सृजनाले फाइभ प्रोफेशनल लेभल पेपरमा ३७८ स्कोर ल्याएकी हुन् ।
चितवन लंकु ६ स्थायी निवासी सृजना गौतम (भण्डारी) ले गत जुनमा भएको एसीसीए पि वान (प्रोफेशनल लेभल) परीक्षामा विश्वभरका २१ हजार ३ सय ७ जना परीक्षार्थीलाई उछिन्दै ८९ स्कोरसहित प्रथम स्थान हासिल गरेकी थिइन् ।
सन् २०१० सेप्टेम्बरमा यूके आएकी सृजनाले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा ब्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेकी थिइन् ।
सृजनाले अध्ययनमा सफलताका पछाडि लगाव, मिहेनत अनि परिवारको प्रेरणा र साथ मुख्य कारण रहेको बताइन् ।
बाबा रामराज भण्डारी र आमा ताराकी सुपुत्री २६ वर्षीया सृजनाले भविष्यमा अकाउन्टिङमै करिअर बनाउने लक्ष्य लिएकी छिन् । उनलाई श्रीमान् विशाल गौतम, ससुरा ओमिलाल गौतम र सासु पूर्णकला गौतमको पनि साथ छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान