लन्डन । गायक प्रमोद खरेल र वरिष्ठ हास्य कलाकारहरु किरण केसी (ए राता मकै) एवं मुखां हान्नु जस्तो (शिवहरि पौडेल) बिहीबार लन्डन उत्रिएका छन् । नयां वर्षका अवसरमा डिएसआइ इन्टरटेनमेन्टले आयोजना गर्न लागेको नेपाली सांगीतिक सांझमा आफ्नो कला देखाउन उनीहरु यहां आइपुगेका हुन् ।
कलाकारत्रयको भोलि शुक्रबार नै बेजिंस्टोकमा कार्यक्रम छ । उनीहरुले अप्रिल २९ पछि मे १, ७ र ८ मा आसफोर्ड, अल्डरसट र फेल्थाममा कार्यक्रम गर्नेछन् ।
अहिले नेपालका चर्चित गायक खरेल दुबइमा कन्सर्ट गरे लगत्तै लन्डन आएका हुन् । उनका म बिना कसै कसैलाई मुश्किल छ पोखरामा…उसले जति माया तिम्लाई मैले पनि दिन्थें होला…याद गर्न पनि कोही न कोही त चाहिंदो रहेछ…आदि गीत हिट छन् ।
हास्यकलाकारद्धयको बेग्लै प्रतिष्ठा छ नेपालमा । एकताका खुबै चर्चित हांस्य श्रृंखला जिरे खुर्सानीमा मुखां हान्नु जस्तो थेगोले पौडेल र राता मकै थेगोका कारण केसी चर्चित थिए ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै