लन्डन । आफ्नो पछिल्लो चलचित्र बीर बिक्रम प्रिमियरका लागि बेलायत आएका बेला नायक दयाहाङ राई र निर्देशक मिलन चाम्स् ले नव गायक नवराज घलेको नयां गीतको म्यूजिक भिडियो संयुक्त रुपमा सार्वजनिक गरेका छन् । घलेको पहिलो एल्बममा रहेको गीत “आज आइ भन्छ्यौ छोडिदेऊ, यो मन कतै अन्तै मोडिदेऊ” को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो, जसको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । हरेक भिडियोमा केही ने केही फरकपन दिन चाहने स्थापित सञ्चारकर्मी श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन अनि सहायक निर्देशनमा कृष्ण सुवेदीको साथले भिडियो पृथक बनेको दर्शक प्रतिक्रिया छ ।
र्याप र मेलोडी मिश्रित गीतको भिडियो छायांकन गर्न लोकेशन रोजिएको थियो लन्डनस्थित वाटरलु ग्राफिटी । त्यो भेन्यू नै यस्तो रफ देखिन्छ जहां टनेलभित्र जताजतै पेन्टिङ छ । त्यस्तो ठाउं रक टाइपका गीतमा भिडियो बनाउन गज्जब हुने अनुभव निर्देशक श्रेष्ठसंग छ । छिट्टै पहिलो एल्बम निकाल्ने तयारी गरिरहेका युवा नवराज घलेले भिडियोका लागि तीनवटा स्पोर्टस् बाइक र एउटा कारको प्रयोग गरिएको जनाए । र्याप गीत भएकाले त्यस्तो लोकेशन खोजिएको हो । भिडियो निर्माणमा कुनै सम्झौता नगरिएको निर्माण पक्षको दावी छ ।
निर्देशक श्रेष्ठले उक्त भिडियोमा सारा सिरपाली, सुशील थापा र प्रवीन गुरुङलाई अभिनय गराएका छन् । श्रेष्ठले निर्देशन गरेको गायिका अन्जु पन्तको “जुनी जुनी” को भिडियो अहिले निकै चर्चामा छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो