लन्डन । आफ्नो पछिल्लो चलचित्र बीर बिक्रम प्रिमियरका लागि बेलायत आएका बेला नायक दयाहाङ राई र निर्देशक मिलन चाम्स् ले नव गायक नवराज घलेको नयां गीतको म्यूजिक भिडियो संयुक्त रुपमा सार्वजनिक गरेका छन् । घलेको पहिलो एल्बममा रहेको गीत “आज आइ भन्छ्यौ छोडिदेऊ, यो मन कतै अन्तै मोडिदेऊ” को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो, जसको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । हरेक भिडियोमा केही ने केही फरकपन दिन चाहने स्थापित सञ्चारकर्मी श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन अनि सहायक निर्देशनमा कृष्ण सुवेदीको साथले भिडियो पृथक बनेको दर्शक प्रतिक्रिया छ ।
र्याप र मेलोडी मिश्रित गीतको भिडियो छायांकन गर्न लोकेशन रोजिएको थियो लन्डनस्थित वाटरलु ग्राफिटी । त्यो भेन्यू नै यस्तो रफ देखिन्छ जहां टनेलभित्र जताजतै पेन्टिङ छ । त्यस्तो ठाउं रक टाइपका गीतमा भिडियो बनाउन गज्जब हुने अनुभव निर्देशक श्रेष्ठसंग छ । छिट्टै पहिलो एल्बम निकाल्ने तयारी गरिरहेका युवा नवराज घलेले भिडियोका लागि तीनवटा स्पोर्टस् बाइक र एउटा कारको प्रयोग गरिएको जनाए । र्याप गीत भएकाले त्यस्तो लोकेशन खोजिएको हो । भिडियो निर्माणमा कुनै सम्झौता नगरिएको निर्माण पक्षको दावी छ ।
निर्देशक श्रेष्ठले उक्त भिडियोमा सारा सिरपाली, सुशील थापा र प्रवीन गुरुङलाई अभिनय गराएका छन् । श्रेष्ठले निर्देशन गरेको गायिका अन्जु पन्तको “जुनी जुनी” को भिडियो अहिले निकै चर्चामा छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान