बेलायतका नेपाली रेष्टुरेन्टको नालीबेली अब पुस्तकमा

13122859_1109837722369913_5730513236034337167_o
लन्डन । बुधवार सांझ लन्डन दूतावासको माहोल अलिक फरक थियो । उपप्रधानमन्त्री कमल थापा प्रमुख अतिथी तर कार्यक्रम राजनीतिक थिएन । सहभागी पनि विगत जस्तो उही अनुहार र नेपाली संघसंस्थाका प्रतिनिधि थिएनन् ।
नेपलिज क्याटरर्स एसोसिएसन यूकेले बेलायत नेपाल दौत्य सम्वन्धको दुई सय वर्ष गांठका अवसरमा प्रकाशन गरेको ‘टेष्ट अफ नेपाल’ पुस्तक विमोचनको उक्त माहोलमा लगभग बेलायतका रेष्टुरेन्ट व्यवसायी सहभागी थिए ।
बुधबार सांझ उपप्रधानमन्त्री थापा, कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्माले संयुक्त रुपमा उक्त ऐतिहासिक पुस्तक विमोचन गरेका छन् । लन्डन दूतावासको सहकार्यमा एसोसिएसनले पुस्तक निकालेको हो ।
एकसय ४ पृष्ठको उक्त रंगीन पुस्तकमा बेलायतमा नेपाली रेष्टुरेन्टको इतिहास, यसका जन्मदाता, पुराना सेफहरुको व्यक्तित्व विवरण, नेपाली खानाको रेसिपी र बेलायतस्थित अधिकांश नेपाली रेष्टुरेन्टहरुको सम्पर्क विवरण राखिएको छ ।
मन्तव्यका क्रममा उपप्रधानमन्त्री थापाले पुस्तकले नेपाली खाना अन्तर्राष्टिय स्तरमा पुग्न सघाउने र रेष्टुरेन्ट व्यवसाय समेत लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले नेपाली संस्कृति, विविधता र सामाजिक एकता गर्वको विषय रहेको उल्लेख 
व्यवस्थापिका संसदका ९० प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेर नयां संविधान जारी भएपछि नेपाल अब नयां युगमा प्रवेश गरिसकेको दाबी गरे । ‘सामाजिक आर्थिक रुपान्तरण नभएसम्म देश विकास सम्भव छैन् । त्यसैले अबको हाम्रो प्राथमिकता आर्थिक विकास तर्फ हुनेछ’, उनले भने ।
विशेष अतिथी सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्माले बेलायत सरकार नेपाली जनता र सरकारसंग एक भएर काम गर्न चाहेको बताए । उनले गत सोमबारमात्र भूकम्पको एक वर्ष पुगेको दिनमा संसदमा नेपाल सम्वन्धि वहस हुंदा करिब अढाइ दर्जन बेलायती सांसदले नेपालको चिन्ता लिंदै सहयोगका लागि सधैं प्रतिवद्ध रहेको स्मरण गरे ।

13055745_1109838902369795_9090586807763357339_o

कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले पुस्तकले नेपाली खाना र हस्पिटालिटी बेलायती बजारमा अझ प्रवर्धन हुने आशा व्यक्त गरे । क्षेत्रीकै परिकल्पनामा क्याटरर्स एसोसिएसनले दुई सय वर्ष गांठमा उक्त पुस्तक प्रकाशन गरेको हो ।
कार्यक्रममा प्राध्यापक डा. सूर्य सुवेदीले समिक्षाका क्रममा पुस्तक ऐतिहासिक र संग्रहनीय रहेको जनाए । उनले पुस्तकबाट ब्रिटिशहरुले नेपाली खाना सम्वन्धि थप जानकारी लिन सक्ने पनि उल्लेख गरे । डा. सुवेदीले बेलायती जनताले भूकम्पका बेला स्वतस्फूर्त नेपाल र नेपाली जनतालाई सहयोग गरेकामा आभार समेत व्यक्त गरे ।
एनआरएनए आइसीसी यूके सदस्य संगिता मरहट्ठाले सञ्चालन गरेको कार्यक्रममा एसोसिएसनका महासचिव किशोर सापकोटाले संस्थाका गतिविधि र नेपाली रेष्टुरेन्टबारे प्रकाश पारेका थिए ।
उक्त अवसरमा एसोसिएसन अध्यक्ष विजय थापाले विज्ञापनदाता र अन्य सहयोगीलाई धन्यवाद दिए । एसोसिएसनले सहयोगीलाई टोकन अफ लभ समेत दिएको छ ।

13086763_1109840159036336_3922559703914250491_o
तस्विरहरुः एभरेष्ट गौतम

प्रतिक्रिया

सम्बन्धित सामाग्री