
लन्डन । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेलायती मन्त्रीहरुसंग भेट गरेका छन् । लन्डनको छोटो भ्रमणका क्रममा मन्त्री थापाले बुधबार बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर र डिएफआइडी राज्यमन्त्री डेसमण्ड स्वायनसंग बेग्लाबेग्लै भेटेका हुन् । स्वायरसंग विदेश मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हित, नेपालको विकासमा बेलायती सहयोग, पुनर्निर्माण प्रक्रिया र दुई देशबीच उच्च स्तरिय भ्रमणबारे छलफल भएको छ ।
भेटका क्रममा मन्त्री थापाले हालै भएको बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणबारे स्मरण गर्दै उक्त भ्रमणलाई नेपाल र नेपाली जनताले उच्च महत्व र आत्मियताका साथ लिएको र यसले दुई देशबीच सम्बन्ध अझ सुदृढ भएको उल्लेख गरे । मन्त्री थापाले भविष्यमा यस्ता खालका उच्च स्तरिय भ्रमण हुने आशा समेत व्यक्त गरे । थापाले विगत २०० वर्ष देखि जोडिएको गोर्खा इतिहासले दुई देशबीचको सम्वन्ध अझ मजवुत बनाएको उल्लेख गर्दैै बेलायतलाई भूपू गोर्खाहरुका बांकी मुद्दा सम्वोधन गर्ने उचित अवसर अहिले नै भएको बताएका थिए ।

प्रतिउत्तरमा मन्त्री स्वायरले बेलायत सरकारले सम्भव भएसम्म भूपू गोर्खा मुद्दा समाधानमा पहल गर्ने आश्वासन दिएका थिए । स्वायरले नयां संविधान जारी पछि बेलायतले नेपाललाई राजनीतिक, नैतिक तथा आर्थिक सहयोग गरेको समेत स्मरण गरे ।
यसअघि उपप्रधानमन्त्री थापाले डिएफआइडी राज्यमन्त्री डेसमण्ड स्वायनसंग बेलायती संसद हाउस अफ कमन्समा भेटेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त भेटमा दुई देशबीच विकास साझेदारी सम्वन्धमा छलफल भएको थियो । विशेषगरि नेपालको पुनर्निर्माण र विकासमा बेलायती सहयोगबारे छलफल केन्द्रित रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । मन्त्री थापाले आगामी दिनमा व्यापार, लगानी र अन्य आर्थिक सवालमा थप समन्वय हुने आशा पनि व्यक्त गरेका थिए । प्रतिउत्तरमा मन्त्री स्वायनले नेपाललाई पूर्ण सहयोग हुने आश्वासन दिएका थिए ।
दुवै भेटमा लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र परराष्ट्र मन्त्रालयका उपसचिव भरत कुमार रेग्मी पनि सहभागी थिए ।
यसैबीच, बुधबार सांझ उपप्रधानमन्त्री थापाले दूतावासको सहकार्यमा नेपलिज क्याटरर्स एसोसिएसन यूकेले प्रकाशन गरेको पुस्तक टेष्ट अफ नेपालको समेत विमोचन गरे ।
मंगलबार लन्डन आएका मन्त्री थापा बिहीबार नै स्वदेश फर्कने कार्यक्रम छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई