
लन्डन । आगलागीबाट सम्पूर्ण जिन्सी सामाग्री खरानी भएपछि विचल्ली भएको लेस्टर बस्ने एक नेपाली परिवारलाई सहयोग आउन शुरु भएको छ ।
लेस्टर अपर टिजबोर्न स्ट्रिटको ३० नम्बर घर जलेर मधुसुदन आचार्यको परिवार शरणार्थी जस्तै भएको खबर वी नेपाली डटकमले मंगलबार दिउसो प्रकाशित गरेपछि एनआरएनए यूकेले सहयोग संकलनमा चासो देखाएको हो । एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा अहिले आर्थिक सहयोग संकलन जारी छ । संघले आफ्नो वेलफेयर फण्डबाट ३०१ पाउण्ड सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
हालसम्म गायक योगेश्वर अमात्यले ५ सय पाउण्ड, एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमिल्सिनाले १०१, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ ५१, कोषाध्यक्ष श्रेष्ठ ५१, फोटो पत्रकार एभरेष्ट गौतम ५१, मोहन गुरुङ ५१ पाउण्ड, सूर्य गुरुङ ३०, राष्ट्र राई ३०, ज्योत्सना बस्नेत २१, रिता तामाङ २१, सुशिला राई २०, राजन खकुरेल २१, हिराधन राई २०, एनआरएनए यूके आइसीसी सदस्य संगिता मरहट्ठा २० पाउण्ड, फडिन्द्र भट्टराई ३० पाउण्ड, अर्जुन कटुवाल २० पाउण्ड र अन्यले समेत दिने प्रतिवद्धता जनाएका छन् ।
आचार्यको परिवार अहिले छिमेकीको घरमा शरण लिइरहेको छ । आगलागीले भएका सम्पूर्ण लत्ता कपडा, आइप्याड, गरगहना, मोबाइल, पासपोर्ट, भिजा कार्ड लगायत जिन्सी सामान जलेपछि उनीहरुको साथमा अहिले केही छैन् ।
आचार्य श्रीमति दुर्गा खनाल, छोरी प्रिन्सेस र छोरा प्रनिस आचार्यका साथ उक्त वान बेड रुम स्टुडियो फ्ल्याटमा बस्थे ।
गत बिहीबार दिउसो १२. ५५ बजे फ्रिजको तापक्रम उच्च भएर आगलागी भएको थियो । घरको इन्सुरेन्स भएपनि सामानको इन्सुरेन्स नहुंदा निम्न आयस्तर भएको आचार्य परिवार अहिले आर्थिक सहयोगका लागि याचना गर्न वाध्य छ ।
आचार्य परिवारलाई सहयोग गर्न इच्छुकलाईः
AC holder name : Mr. M. Acharya
Bank name : Barclays
Sort code : 20-72-17
Ac No: 83541169
सम्पर्क फोनः 07810068076 नवराज घिमिरे
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग