लन्डन । बेलायत लेस्टर बस्ने एक नेपाली परिवार घर जलेर सम्पूर्ण जिन्सी सामाग्री खरानी भएपछि अहिले विचल्ली भएको छ ।
लेस्टर अपर टिजबोर्न स्ट्रिटको ३० नम्बर घर जलेर मधुसुदन आचार्यको परिवार अहिले शरणार्थी जस्तै छिमेकीको घरमा शरण लिइरहेको हो । आगलागीले भएका सम्पूर्ण लत्ता कपडा, आइप्याड, गरगहना, मोबाइल, पासपोर्ट, भिजा कार्ड लगायत जिन्सी सामान जलेपछि आचार्यको साथमा अहिले केही छैन् ।
आचार्य श्रीमति दुर्गा खनाल, छोरी प्रिन्सेस र छोरा प्रनिस आचार्यका साथ उक्त वान बेड रुम स्टुडियो फ्ल्याटमा बस्थे ।
गत बिहीबार दिउसो १२. ५५ बजे फ्रिजको तापक्रम उच्च भएर आगलागी भएको अनुसन्धानबाट खुलेको आचार्यले जनाए । घरको इन्सुरेन्स भएपनि सामानको इन्सुरेन्स नहुंदा निम्न आयस्तर भएको आचार्य परिवार अहिले आर्थिक सहयोगका लागि याचना गरिरहेको छ ।
‘हाम्रो त उठीबास नै भयो । नयां सामान किन्न बैंक ब्यालेन्स् केही छैन्’, हाल टियर टु भिजामा रहेर पिज्जा हटमा काम गर्ने आचार्यको गुनासो थियो, ‘कृपया यतिखेर हामीलाई आर्थिक सहयोग गरिदिनुस् ।’ आचार्यले विशेष गरि नेपाली समुदायसंग सहयोगको याचना गरेका छन् ।
ब्रिटिश रेडक्रसले सहयोग स्वरुप दिएको केही थान कपडा पनि फिट नभएको उनको गुनासो छ ।
मकवानपुर हांडी खोला गाविस ५ स्थायी निवासी आचार्य यूकेमा विगत ७ वर्ष देखि र उक्त फ्ल्याटमा एक वर्ष भएको थियो बस्न थालेको । सोरया इन्भेस्टमेन्ट कम्पनीको नाममा थियो उक्त प्रोपर्टी ।
‘दुई दुई पटक भिजा परिवर्तन गरेर टियर टुमा रहनुभएका दाईको स्थिति ज्यादै नाजुक छ’, आश्रय दिइरहेका छिमेकी नवराज घिमिरेले भने । आचार्य परिवारलाई सहयोग गरेर मानवीय भावना देखाउन इच्छुकले निम्न बैंक खातामा आर्थिक सहयोग गर्न सक्नेछन् ।
AC holder name : Mr. M. Acharya
Bank name : Barclays
Sort code : 20-72-17
Ac No: 83541169
सम्पर्क फोनः 07810068076 नवराज घिमिरे
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति