अनेवा नक्षेत्र पुरस्कार अमर न्यौपानेलाई

8431c590272e586fc38f60dd8b3f06d0_L

लन्डन । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अनेवा नक्षेत्र पुरस्कार’ बि.सं २०७२ का लागि ‘करोडौं कस्तूरी’ उपन्यासका लेखक अमर न्यौपानेलाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यको अध्यक्षतामा हालै बसेको पुरस्कार छनोट समितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार समितिमा जयालक्ष्मी राई, नारायण अधिकारी र गोपी सापकोटा थिए ।

अनेवा नक्षेत्र पुरस्कार हरेक वर्ष नेपाली भाषा, साहित्य र संस्कृतिमा योगदान पुरयाउने नेपाली साहित्यिक श्रष्टालाई प्रदान गरिन्छ । प्रतिष्ठानले यस अघि शान्ता चौधरीलाई ‘कमलरीदेखि सभासदसम्म’ पुस्तकका लागि तथा साहित्य र पत्रकारिताको प्रवर्धनका लागि लेनिन बन्जाडे र नारायण अमृत तथा राजकुमार दिक्पाललाई उक्त पुरस्कारद्वारा सम्मानित गरिसकेको छ । पुरस्कारको राशी साठी हजार रुपैयां र सम्मानपत्र छ ।

मदन पुरस्कार लगायत थुप्रै पुरस्कारद्वारा सम्मानित भइसकेका उपन्यासकार न्यौपानेका पानीको घाम र सेतो धरती अरु चर्चित कृति हुन् ।

आफ्नो कृतिलाई अनेवा पुरुस्कार दिने निर्णय भएकामा उपन्यासकार न्यौपानेले आभार व्यक्त गर्दै यसले नेपाली साहित्यमा थप उर्जा दिने विश्वास व्यक्त गरे ।

२०१२ मा स्थापित अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले स्थापना कालदेखि नै हरेक वर्ष विशेष साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री