केन्ट, बेलायत। किरात सत्तेहाङ महागुरु फाल्गुनन्द समाज सेवा बेलायतको आयोजनामा अाइतबार यहाँ किरात उभौली (यक्वा तङ्नाम) पूजा सम्पन्न भयो ।
किराँतीहरु प्रकृतिपूजक भएकाले बाली लाउनुअघि प्रकृतिलाई पूजा गरेर यस वर्ष बाली राम्ररी फलोस, समयमा पानी परिदियोस, प्रकृतिले बाली पाक्ने समयसम्म रक्षा गरि दियोस भनेर प्रार्थना गर्ने समयलाई उभौली पूजा (यक्वा तङ्नाम) भनिन्छ । बेलायतमा बसे पनि आफ्नो पिता–पुर्खाले चलाई ल्याएको संस्कार र रीतिलाई आफ्नो भावी सन्ततिसम्म जोगाई राख्न यो पूजा गरिएको पुजारी (सेवा साबा) रुद्र तुम्बापोले बताउनु भयो ।
कार्यक्रम बिहान ८ बजे उभौली पूजा (यक्वा तङ्नाम) बाट सुरु गरेर ११ बजे सकिएपश्चात अथितिहरुलाई स्वागत सम्मान गरिएको थियो । स्वागत सम्मान सकेपछि पुजारी (सेवा साबा) बाट आर्शिवाद (माङ्वा हाङ्वा) लिइएको थियो।
आर्शिवाद (माङ्वा हाङ्वा) करिब १ घण्टा लामो थियो ।
उक्त कार्यक्रमको अन्त्यमा लिम्बुहरुको चर्चित ढोल नाँच (केःलाङ) नाँचिएको थियो । ढोल नाँच (केःलाङ) बिभिन्न किसिमको हुन्छ त्यस मध्ये पूजा–आजा गर्दा नाँचिने नाँच माङ्लाङ (देवी देवतालाई मनाउन नाँचिने नाँच) नाँचेर दिउसो ३ बजे कार्यक्रम समापन भएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो