लन्डन । बेलायत निवासी मिलन चाम्स् निर्देशित फिल्म ‘बीर बिक्रम’ उलवीचमा प्रदर्शन भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास यूके) ले ट्रामसेड थिएटरमा फिल्म प्रदर्शन गरेको हो । कार्यक्रममा उक्त फिल्मका नायक दयाहाङ राई, नायिका दिया पुन सहित दर्शकहरुको उत्साहजनक उपस्थिति थियो ।
संक्षिप्त मन्तव्यका क्रममा निर्देशक चाम्सले नेपाली फिल्मलाई नयां अवधारणामा लैजाने आफ्नो उद्देश्य रहेको बताए । नायक दयाहाङले दर्शकप्रति आभार व्यक्त गर्दै नेपाली फिल्म माया गरिदिन आग्रह गरे ।
आयोजक इनास यूकेका संरक्षक मनिष श्रेष्ठले अब प्रत्येक महिनाको आइतबार उक्त थिएटरमा नेपाली फिल्म, नाटक वा वृत्तचित्त प्रदर्शन गरिने जानकारी दिए । कार्यक्रममा इनास यूकेका तर्फबाट अध्यक्ष सनम बैरागले फिल्मका कलाकार एवं सहयोगीलाई सम्मान गरे भने बीर बिक्रम निर्माण समूहका तर्फबाट नायक दयाहाङ राईले प्रचार प्रसारमा उल्लेख्य सहयोग गरेकामा कान्तिपुर टिभीका लागि नवीन पोखरेल र कुशल श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए ।
सिनेमा शोका अवसरमा नायक दयाहाङले गायक नवराज घलेको नयां गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरे ।
घलेको पहिलो एल्बममा रहेको गीत आज आइ भन्छेऊ छोडिदेऊ, यो मन कतै अन्तै मोडिदेऊ…को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो जसको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । हरेक भिडियोमा केही ने केही फरकपन दिन चाहने स्थापित सञ्चारकर्मी श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन अनि सहायक निर्देशनमा कृष्ण सुवेदीले साथले भिडियो पृथक बनेको सहभागी दर्शकको प्रतिक्रिया थियो ।
र्याप र मेलोडी मिश्रित गीतको भिडियो छायांकन लन्डनस्थित वाटरलु ग्राफिटी लगायत ठाउंमा गरिएको छ ।
पहिलोपटक हङकङमा रेड कार्पेट गरिएपछि उक्त फिल्म बेलायतको अल्डरसट, योर्क, क्याम्बर्ली, केन्ट, स्वीन्डन, कोलचेस्टर, स्कटल्याण्ड लगायत ठाउंमा प्रदर्शन भइसकेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा