लण्डन । नेपालको महाभुकम्पको वर्षदिनको अवसरमा विभिन्न कार्यक्रमहरु गरिँदा युकेका नेपाली कलाकारहरुले भने नाटकमार्फत फरक तरिकाले स्मरण गरेका छन् ।
रेडिङस्थित साउथ रेडिंग युथ एण्ड कम्युनिटी सेन्टरमा शनिबार उनीहरुले भुकम्पको झल्को दिने समय दृश्य नाटक मञ्चन गरे ।
फस्ट एजुकेट नेपालको प्रस्तुति र इन्टरन्याशनल नेपलिज आर्टिस्ट सोसाइटीको सहयोगमा प्रस्तुत नाटकको लेखन भक्त स्यांगतानले, प्रोड्युसिंग तेन्जी लामा पाख्रिनले र निर्देशन सनमकुमार बैरागले गरेका थिए ।
नाटकमा ज्यासङ लिङदेन, दीपक गुरुङ, सुरेश श्रेष्ठ, ओमकार अधिकारी, दुर्गा गुरुङ, प्रसुना कँडेल, जानु काम्वाङ लिङदेन, रोशन राई, अञ्जु, सुस्मिता, गंगा, अलिसा लगायतको भूमिका रहेको थियो ।
नाटकमा महाभुकम्पमा परेर परिवार गुमाएकाहरुको पीडा, घाइतेहरुको आर्तनाद, सर्वस्व गुमाएर बिल्लिबाठ भएकाहरुको दुर्दशा, राहत वितरणमा देखिएको विकृति र सरकारी अव्यवस्था, दुःखमा परेकाहरुलाई सघाउन देखाइएको तदारुकता आदि देखाइएको छ ।
नाटकलाई बेलायतका अन्य ठाउँमा समेत देखाइने प्रोड्युसर लामाले जानकारी दिए भने नाटक तयारीका लागि तीन महिना लामो रिहर्सल गरिएको निर्देशक बैरागले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले नाटकले महाभुकम्पपछिको धेरै पाटा–पक्षहरुलाई समेटेको र नेपालीहरु एक हुनुपर्छ भन्ने सन्देश दिएको बताए ।
युकेमा विभिन्न किसिमका साँस्कृति र साहित्यिक कार्यक्रम हुँदै आए पनि प्रत्यक्ष नाटक मञ्चन भने गरिएको थिएन ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो