लन्डन । बेलायतले गत वर्षको विनाशकारी भूकम्पपछि नेपालमा मानवीय सहायता र पुनर्निर्माणमा प्रमुख भूमिका निर्वाह गरेको जनाएको छ । भूकम्पको वार्षिकी आउन केही दिन बांकी रहंदा उसले राहतका लागि ७० मिलियन पाउण्डको प्रतिवद्धतासहित तत्काल उद्दार तथा राहत र जाडो मौसममा पीडितलाई सहयोग प्रदान गरेर डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलप्मेन्ट (डिएफआइडी) सबैभन्दा ठूलो दाता बनेको समेत उल्लेख गरेको छ ।
डिएफआइडीले दुई वर्ष यतामात्र गरिबी निवारण र आर्थिक विकासका लागि १७० मिलियन पाउण्ड उपलव्ध गराइएको जनाएको छ । बेलायत नेपालको सबैभन्दा ठूलो दाता र विकास साझेदार भएको पनि उसको विज्ञप्तिमा उल्लेख छ ।
बेलायतले आफ्ना नागरिकले डिजास्टर इमर्जेन्सी कमिटी (डिइसी) का लागि ८५ मिलियन पाउण्ड संकलन गरेर मानवीय भावना प्रस्तुत गरेको उल्लेख गरेको छ ।
बेलायतले भूकम्प लगत्तै केही घण्टाभित्र अति प्रभावित क्षेत्रमा सहायता उपलव्ध गराइएको पनि जनाएको छ । दश हजार परिवारलाई आकस्मिक आश्रय र २५ हजार पीडितलाई सरसफाइ व्यवस्था भएको पनि उसको भनाइ छ ।
बेलायतले अनुभवी उद्दारकर्ता परिचालनसहित औषधि र अन्य मानवीय सहायताका कार्गोहरु प्रभावित क्षेत्रमा सकेसम्म छिटो पुर्याइएको पनि जनाएको छ ।
भूकम्पपछि विस्थापित हजारौंलाई आश्रय स्थल व्यवस्था गरिएको डिएफआइडीको भनाइ छ ।
बेलायतकै भनाइमा उसले अढाइ लाख पीडितलाई आश्रय, ५० हजार जनतालाई हाइजिन किट्स र सरसफाइका सामाग्री एवं ३० हजार पीडितलाई आवश्यक घरायसी सामाग्री जस्तै भांडाकुंडा, सोलार बत्ति र पानी शुद्धीकरणका लागि ट्याब्लेट उपलव्ध गराएको थियो ।
डिएफआइडीले अति ठण्डी मौसमका बेला दुई लाख पीडितलाई लत्ता कपडा, ब्ल्यांककेट र म्याट्रेस उपलब्ध गराएको समेत उसको विज्ञप्तिमा उल्लेख छ । विशेषगरि करिब १५ हजार महिला र युवतीहरुको कल्याण र घरबाहिर बस्न वाध्य उनीहरुको गोपनीयता ख्याल गर्दै सरसफाइ सामाग्री आफ्नो प्रमुख प्राथमिकतामा राखिएको डिएफआइडीको भनाइ छ । उसले एक लाख दशहजार महिला र बालबालिकालाई सहायता र सल्लाह प्रदान गरिएको पनि जनाएको छ । ५ सय भन्दा बढि महिला र बालबालिका बेचविखनबाट जोगाउन पहल गरिएको समेत उसले जानकारी दिएको छ ।
बेलायतले आफ्नो प्रयत्न पुनर्निर्माणमा केन्द्रित रहेको जनाउंदै भूकम्पपछि नेपाललाई आफ्नो सहयोगले दुई देशबीचको सुमधुर सम्वन्ध झल्किएको पनि जनाउ दिएको छ । आफूले घर र जागिर गुमाएका पीडितहरुको अवस्था नजिकबाट नियालिरहेको जनाउंदै बेलायतले नेपाल सरकारसंग सहकार्य गरि कठिन अवस्थामा नियमति काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो