फेब्रुअरी (२०१६) को शुरुवातदेखि अल्डरसट क्षेत्रमा चोरीडकैती बढेको छ । केही घटनाको शिकार सैनिक पृष्ठभूमिका सुनका गहनाहरु भएका नेपाली परिवार पनि बनेका छन् । यस्तो चोरी डकैती गर्नेहरु वरपरकै र पैदलै आएको हुन सक्छन् । सन् २०१४ ताका भएका चोरीका घटनाभन्दा अहिलेका घटनाहरु फरक छन् । चोरहरु घरमा कोही नभएको मौका पारेर, दिनको समयमा छिरेको पाइएको छ । यसरी छिर्दा मूलढोका वा पछाडिको ढोकाबाट जबरजस्ती छिरेको भेटिएको छ ।
प्राय नेपालीहरुसित असली सुनका गहना हुने चोरहरुले सुइँको पाएपछि हाम्रो चासो र चिन्ता बढेको छ । नेपाली समुदायमा चोरी डकैतीका घटना अझै बढ्न सक्ने सम्भावना नकार्न सकिँदैन । यी तलका सामान्य सावधानीका तरिकाहरु अपनाएमा चोरीडकैतीबाट बच्न सकिन्छ ।
१) गरगहनाहरुको बीमा गर्नुहोस् र बीमायुक्त सेफमा राख्नुहोस् । त्यस्तो सेफ झट्ट नदेखिने ठाउँमा र र भित्ता वा भुइँसित जाेडेर सुरक्षित गरेर राख्नुहोस् । बीमा कम्पनीसित सेफलाई कसरी सुरक्षित तवरबाट चलाउने भन्ने बारेमा जानकारी लिनुहोस् । बैँकहरुले अहिले यस्तो सेवा दिन छोडेका छन् ।
२) तपाईको घर पूर्णरुपमा सुरक्षित गर्नुहोस् । कतै सुरक्षाका दृष्टिकोणले कमजोरी छ कि भनेर हेर्नुहोस् र त्यस्तो भए सुधार गर्नुहोस् ।
३) फेसबुक, भाइबरमा आदिमा आफ्ना गहनाका बारेमा विज्ञापन नगर्नुहोस् ।
४) घरबाट निस्कनुअघि घर पूर्णरुपमा बन्द गरियो कि गरिएन भनेर जाँच गर्नुहोस् । मूलढाेका र झ्यालहरु चाबी लाएर बन्द गर्नुहोस् ।
५) गहनाहरुको तस्वीर लिइराख्नुहोस् । सादा कागजमा रुलरसित पनि फोटो खिच्नुहोस् किनभने तपाईको गहना कत्रो आकारको भन्ने थाहा पाउन यसले मद्दत गर्दछ । गहनाहरु लगाएर पनि फोटो खिचि राख्नुहोस् किनभने यसले त्यो गहना तपाईको हो भन्ने पुष्टि गर्न सजिलो हुन्छ ।
६) कति सुन र गहना छन् भन्ने सूची बनाइ राख्नुहोस् । यसले यदि गहना हराइहालेको अवस्थामा अनुसन्धानमा सहयोग गर्छ ।
७) तपाईको घर फ्री न्याशनल प्रोपर्टी रजिष्टर www.immobilise.com मा दर्ता गर्नुहोस् ।
८) गहनाहरु लगाएको फोटोहरु फेसबुक लगायतका सोसल मिडियामा नराख्नुहोस् ।
९) घरबाट बाहिर जाँदैछु वा बाहिर छु भनेर फेसबुक लगायतका सोसल मिडियामा नराख्नुहोस् ।
१०) यदि घरमा बहुमूल्य गरगहना राख्ने हो भने निगरानी राख्ने अलार्महरु जाेड्नु होस् ।
११) घर बाहिर वा लामो बिदामा जाँदा विश्वासलाग्दा छिमेकीहरुलाई हेर्दिनु भन्नुहोस् ।
१२) नेबरहुड वाच योजनामा सरिक हुने वा त्यस्तो योजना बनाउनुहोस् ।
१३) बहुमूल्य सामानहरु बैँकको भल्टमा वा सुरक्षित सेफमा मात्र राख्नुहोस् ।
१४) भर्याङ, बगैँचाका औजारहरु बाहिर नछोडनुहोस् । तिनीहरुलाई सुरक्षित राख्नुहोस् ताकि चोरले प्रयोग गर्न नसकोस् ।
१५) पछाडिको बार( काठका पर्खाल) हरु राम्रो अवस्थामा राख्नुहोस् ।
१६) भूइँतल्लाका झ्यालहरु सुतेको बेलामा कहिल्यै खुल्ला नराख्नुहोस् ।
यस्ता सन्देशहरु आफ्ना नातागोता र परिवारका सदस्यहरुलाई बाँडनुहोस् ।
लेखक अल्डरसट नर्थ नेबरहुड पुलिसिङ टीममा पुलिस कम्युनिटी सपोर्ट अफिसरका रुपमा कार्यरत छिन् ।
याे लेख एभरेष्ट टाइम्स साप्ताहिकमा प्रकाशित राईकाे अंग्रेजी लेखकाे नेपाली भावानुवाद हाे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा