
लन्डन । ‘अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल’ नामक संस्थाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको छ । लन्डन पुस्तक महोत्सवमा पहुंचयुक्त परिसङ्घ विशिष्ट अन्तर्राष्ट्रिय पुरस्कार र अस्ट्रियाको भियनामा ‘समावेशी शिक्षा र नवीनतम सूचना प्रविधिको प्रयोगबारे सिर्जनशील अभ्यास’ विधामा संस्थाका अध्यक्ष वीरेन्द्रराज पोखरेलले पुरस्कार प्राप्त गरेका हुन् ।
अन्तर्राष्ट्रिय पुरस्कारका विषयमा जानकारी दिन काठमाण्डौंमा आयोजित अन्तक्र्रियामा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समस्या समाधान गर्न सबैले देश र जनतालाई प्राथमिकतामा राखेर जिम्मेवार भई भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मुलुकमा अहिले प्रधानमन्त्री को हुने भनी बहस गर्नुभन्दा पनि भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गरी सबैको सहकार्यबाट मुलुकको समस्या हल गर्नुपर्ने बताए ।
नेता नेपालले संविधानले अपाङ्गता भएकाहरुलाई विशेष पहिचान दिएको र अब यसको कार्यान्वयनमा लाग्नुपर्ने बताउंदै अपाङ्गता भएकाले राज्यले पाउनुपर्ने सुविधाबाट वञ्चित हुन नहुने र उनीहरुलाई कसैले पनि उपेक्षा गर्न नहुने विचार व्यक्त गरे ।
अध्यक्ष पोखरेलले डिजिटल श्रव्य पुस्तक र ट्याब्लेट प्रयोगबाट शैक्षिक क्रियाकलाप अगाडि बढाइरहेको जानकारी दिँदै अपाङ्गता भएका व्यक्तिको प्रगति मुलुकको गौरव भएको बताए ।
पोखरेलको विद्यावारिधि उपाधिका लागि शोध सहनिर्देशक प्रा डा मङ्गलादेवी श्रेष्ठले आफ्ना विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकामा आफू गौरवान्वित भएको बताइन् ।
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा