
लन्डन । ‘अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल’ नामक संस्थाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको छ । लन्डन पुस्तक महोत्सवमा पहुंचयुक्त परिसङ्घ विशिष्ट अन्तर्राष्ट्रिय पुरस्कार र अस्ट्रियाको भियनामा ‘समावेशी शिक्षा र नवीनतम सूचना प्रविधिको प्रयोगबारे सिर्जनशील अभ्यास’ विधामा संस्थाका अध्यक्ष वीरेन्द्रराज पोखरेलले पुरस्कार प्राप्त गरेका हुन् ।
अन्तर्राष्ट्रिय पुरस्कारका विषयमा जानकारी दिन काठमाण्डौंमा आयोजित अन्तक्र्रियामा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समस्या समाधान गर्न सबैले देश र जनतालाई प्राथमिकतामा राखेर जिम्मेवार भई भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मुलुकमा अहिले प्रधानमन्त्री को हुने भनी बहस गर्नुभन्दा पनि भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गरी सबैको सहकार्यबाट मुलुकको समस्या हल गर्नुपर्ने बताए ।
नेता नेपालले संविधानले अपाङ्गता भएकाहरुलाई विशेष पहिचान दिएको र अब यसको कार्यान्वयनमा लाग्नुपर्ने बताउंदै अपाङ्गता भएकाले राज्यले पाउनुपर्ने सुविधाबाट वञ्चित हुन नहुने र उनीहरुलाई कसैले पनि उपेक्षा गर्न नहुने विचार व्यक्त गरे ।
अध्यक्ष पोखरेलले डिजिटल श्रव्य पुस्तक र ट्याब्लेट प्रयोगबाट शैक्षिक क्रियाकलाप अगाडि बढाइरहेको जानकारी दिँदै अपाङ्गता भएका व्यक्तिको प्रगति मुलुकको गौरव भएको बताए ।
पोखरेलको विद्यावारिधि उपाधिका लागि शोध सहनिर्देशक प्रा डा मङ्गलादेवी श्रेष्ठले आफ्ना विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकामा आफू गौरवान्वित भएको बताइन् ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु